एकैदिन २ हजार ४ सयले घट्यो सुन, चाँदी के भयो ?

लोकपथ
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हो ।

योसँगै सोमबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ थियो । आइतबार पनि सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदीको यही मूल्य कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?