नाडा अटो शो २०२६ मा कुन ब्रान्डले जित्यो उत्कृष्ट स्टलको उपाधि ?

लोकपथ
0
Shares

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा भदौ ९ देखि १४ गतेसम्म सञ्चालन भएको प्रदर्शनीमा २०० भन्दा बढी स्टल राखिएका थिए ।

प्रदर्शनीमा पाँच विधामा उत्कृष्ट स्टल छनोट गरिएको छ । चारपांग्रे प्यासेन्जर कारतर्फ साइमेक्स इन्क प्रालिको बीवाईडीको स्टल उत्कृष्ट भएको छ ।

त्यस्तै, दुईपांग्रे सवारीसाधनतर्फ यामाहा, कमर्सियल चारपांग्रेतर्फ दिगो, अटो कम्पोनेन्टतर्फ मिसेलिन टायर र बैंक तथा वित्तीय संस्थातर्फ माछापुच्छ्रे बैंकको स्टल उत्कृष्ट घोषित भएको छ ।

नाडाले उत्कृष्ट स्टल छनोट गर्न सम्बन्धित क्षेत्रका प्रतिनिधिसहित तीन सदस्यीय समिति गठन गरेको थियो ।

यस वर्षको अटो शोमा २५ वटा प्यासेन्जर भेहिकल, १७ वटा लाइट कमर्सियल भेहिकल, १३ वटा दुईपांग्रे ब्रान्ड तथा १५ वटा बैंक, वित्तीय संस्था र बीमा कम्पनी सहभागी भएका थिए ।

प्रदर्शनीमा विद्युतीय सवारीसाधन (ईभी) को उल्लेख्य उपस्थिति थियो । नयाँ मोडलका ईभी, मोटरसाइकल र स्कुटरसँगै नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधनले पनि दर्शकको ध्यान ताने ।

बीवाईडी, टाटा, दीपल, नामी, अवतार, जेइकु, चेरी र डङफेङलगायत ब्रान्डका नयाँ मोडल शोका मुख्य आकर्षण बने ।

सवारीसाधन बिक्रीसँगै अटो कर्जामा पनि बैंक तथा वित्तीय संस्थाबीच प्रतिस्पर्धा देखिएको थियो । बैंकहरूले ग्राहक आकर्षित गर्न कम ब्याजदर, सेवा शुल्कमा छुट र प्रिमियममा छुटलगायतका विभिन्न योजना ल्याएका थिए ।

यसैबीच, अटो शो सञ्चालन भइरहेका बेला रसुवाको भोटेकोशीमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?