रुकुमको चौरजहारीमा भएको घटनाका दोषीलाई कारवाही गर्न नेता शर्माको माग

काठमाडौं । नेकपाका नेता जनार्दन शर्मा प्रभाकरले जेठ १० रुकुमको चौरजहारीमा भएको घटनाको सत्यतथ्य पत्ता लगाएर दोेषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका शर्माले कोरोनाको महामारीको अवधिमा समेत विभिन्न अपराधिक घटनाहरु हुन नछाडेको भन्दै ती घटनाको अनुसन्धान र कारवाही प्रक्रियालाई गम्भीर रुपमा लिन जरुरी भएको बताएका छन् ।

‘मिति २०७७ ।०२।१० मा चौरजहारी न.पा वडा न.८ सोतिमा घटेको गम्भीर घटना प्रति दुःख व्यक्त गर्दछु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घटनाको सत्य तथ्य पत्ता लगाइ दोषीमाथि कडा भन्दा कडा कार्वाही गर्न माग गर्दछु’, शर्माले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले उक्त घटनाको अनुसन्धानमा सहयोग पुर्याउन, तथ्य सबैका सामु ल्याउन स्थानीय सरकार,पार्टी लगायत सरोकारवाला सबैलाई स्थलगत निरीक्षण गर्न समेत अनुरोध गरेका छन् ।

शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक र चौरजहारीका टीकाराम सुनारको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?