लकडाउनमा भारतबाट नेपाल भित्रिएका थिए थपिएका १० जना संक्रमित

काठमाडौं-  पछिल्लो पटक नेपालमा थपिएका १० जना कोरोना संक्रमित लकडाउनको समयमा नियम उल्लंघन गर्दै नेपाल प्रवेश गरेका खुलेको छ । यसअघि सिमापारीबाट गाउँपालिकाको बिरामी बोक्ने एम्बुलेन्समार्फत् केहि मानिस नेपाल प्रवेश गरेका थिए ।

नेपालमा लकडाउनको नीति लिइएकै बखत ति संक्रमित भारतबाट नेपाल छिरेका थिए । यो सँगै कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको आज बिहान (सोमबार) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार भारतको मुम्बईबाट लुकिछिपी आएका कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका दुई र यशोधरा गाउँपालिका– ५ का आठ जना युवामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

आठ युवक वैशाख २० गते मुम्बईबाट आएर अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा बसेका थिए । अनिरुद्ध र पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा रहेका ६२ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा आठ जनामा कोरोना सङ्क्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले बताए ।

बुद्धभूमि– ७ मानपुर र वडा नं १० धनकौलीका एक/एक जना युवकमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य संयोजक डोलविक्रम बेल्वासेले जानकारी दिए ।

गोरुसिङ्गेस्थित गौतमबुद्ध बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका १२५ जनाको स्वाब परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको हो । गोरुसिङ्गेको क्वारेन्टाइनमा २१६ जना रहेको संयोजक बेल्वासेले बताए । संक्रमण पुष्टि भएकाहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुष रहेका छन्।

सङ्क्रमितलाई कोरोना विशेष अस्पताल बुटवल पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यसअघि मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ ।रासस

यसैबीच भारतमा आइतवार सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्। यो नेपालका लागि समेत ठूलो चुनौति हो । त्यहाँ एकै दिन कोरोना संक्रमितको संख्या ६.९ प्रतिशतले बढेको छ ।

खुल्ला सीमाना भएका कारण पनि त्यहाँ जोखिम बढ्दा यता डराउनुपर्ने स्थिती छ । आइतवार ४ हजार ३ सय ८ नयाँ केस देखा पर्दा महाराष्ट्रमा मात्रै १ हजार ९ सय ४३ जना संक्रमित थपिएका छन्। मुम्बईमा ८ सय ७५ जना नयाँ संक्रमित पुष्टि भएका छन् भने तामिल नाडूमा ६ सय ६९ , गुजरातमा ३ सय ९८ नयाँ संक्रमित थपिएका छन् । दिल्लीमा ३ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् ।

यसअघि बाराको बिश्रामपुर गाँउपालिका २ बस्ने २४ वर्षीय र सोही गाउँपालिकाको वडा नं ३ बस्ने २७ वर्षीय एम्बुलेन्स चालकलाई भाडा लिएरमानिसहरु ओसारेको आरोपमा पक्राउ गरि कारर्बाही प्रक्रिया अघि बढाइएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले सावधानीस्वरुप लकडाउनको नीति अवलम्बन गरेको छ ।

लकडाउनका बेला पनि एम्बुलेन्स, प्रेस, खाद्यान्न लगायत अत्यावश्यक सवारीसाधन चल्न दिने सरकारको निर्णयको ठाडो खिल्लीउँडाउँदै बिरामी बोक्ने सवारीमा ति मानिस ओसारीएको थियो ।

कपिलवस्तुमा यसअघि फेला परेका ५ जना संक्रमित पनि लकडाउनकै समयमा लुकिछिपी जिल्ला प्रवेश गरेका थिए ।

के छ विश्वमा महामारीको अवस्था ? 

विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइर्सको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ८३ हजार ८७६ जनाको मृत्यु भईसकेको छ भने ४१ लाख ८१ हजार २१८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १४ लाख ९३ हजार ४९० जना स्वास्थ्य उपचारपछि निको भएका छन् भने विश्वमा ४७ हजार २४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८० हजार ७८७६जनाको मृत्यु भईसकेको छ भने १३ लाख ६७ हजार ६३८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख ५६ हजार ३३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ५१४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २६ हजार ६२१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ६४ हजार ६६३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ अहिलेसम्म १ लाख ७६ हजार ४३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म ३१ हजार ८५५ जनाको मृत्यु भईसकेको छ भने २ लाख १९ हजार १८३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म ३० हजार ५६० जनाको मृत्यु भईसकेको छ भने २ लाख १९ हजार ७० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५ हजार १८६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने त्यहाँ १ हजार २७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै रुसमा १ हजार ९१५ जनाको मृत्यु भएको छ भने २ लाख ९ हजार ६८८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३४ हजार ३०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कराण्ढा अहिलेसम्म २६ हजार ३८० जनाको मृत्यु भईसकेको छ भने १ लाख ७६ हजार ९७० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५६ हजार २१७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ५६९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७१ हजार ८७९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४५ हजार ६०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ५८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार १२३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६२ हजार ६९९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६४ हजार ९५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ७८६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३८ हजार ६५७ जनालाई संक्रमण भएको छ । त्यहाँ ९२ हजार ६९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म ६ हजार ६४० जनाको मृत्यु भईसकेको छ भने १ लाख ७ हजार ६०३ जनालाई संक्रमण भएको छ । त्यहाँ ८६ हजार १४३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ६७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म ४ हजार ६३३ जनाको मृत्यु भईसकेको छ भने ८२ हजार ९१८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १७ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ ७८ हजार १४४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ४ हजार ८७० जनाको मृत्यु भईसकेको छ भने ६८ हजार ८४८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३२ हजार ९६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै पेरुमा अहिलेसम्म कोरोनाको महामारीबाट १ हजार ८८९ जनाको मृत्यु भएको छ भने ६७ हजार ३०७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २१ हजार ३४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७७४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म २ हजार २१२ जनाको मृत्यु भईसकेको छ भने ६७ हजार २५९ जनालाई संक्रमण भएको छ ।

त्यहँँ आज मत्रै ९८ जना नयाँ संक्रमित थपिएका छन् भने २० हजार ९६९ संक्रमित स्वास्थ्योपचार पछि निको भएका छन् । त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ६५६जनाको मृत्यु भईसकेको छ भने ५३ हजार ८१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १३ हजार ६४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म ५ हजार ४४० जनाको मृत्यु भईसकेको छ भने ४२ हजार ६२७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५०७ जनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म ३ हजार ४६५ जनाको मृत्यु भईसकेको छ भने ३५ हजार २२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ११२ जनाको मृत्यु भएको छ भने आज नै मेक्स्किोमा १ हजार ५६२ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै त्यहाँ २३ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारीका कराण विश्वमा यो समाचार तयार पार्दासम्म १४२ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ६४ जना संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि कोरोना संक्रमितको संख्या १२० पुगेको छ । कपिलवस्तुका ८ जना पुरुषमा आज कोरोनाको संक्रमण पुष्टि भएसँगै नेपालमा १२० जना संक्रमित पुगेको हो । नेपालमा स्वास्थ्योपचार पछि ३३ जना निको भएर घर फर्किएका छन् ।

फेरी नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, १२० पुगे संक्रमित

कपिलवस्तुमा मात्रै १५ जना कोरोना संक्रमित

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?