कपिलवस्तुमा मात्रै १५ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै नेपालमा जम्मा संक्रमितको संख्या १२० पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला कोठमाडौंमा गरिएको परिक्षण अनुसार आज १० नयाँ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थपिएका सबै संक्रमित कपिलवस्तुको यशोधरा गाउँपालिका ५ र वुद्धभूमी नगरपालीका ७ र १० निवासी रहेको बताइएको छ ।

उनीहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षीय पुरुषहरु रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । एक जनाको भने उमेर खुल्न नसकेको बताइएको छ ।

कपिलवस्तुमा यसअघि पनि ५ जना कोरोना संक्रमित फेला परेका थिए । योसँगै कपिलवस्तुमा मात्रै कोरोनासंक्रमितको संख्या १५ पुगेको छ ।

त्यसैगरी बाँके र रुपन्देही समेत गरी प्रदेश नम्बर ५ मा ४० जना फेला परेका छन् । बाँकेमा २४ जना र रुपन्देहीमा १ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरु चिकित्सकको निगरानीमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?