पृथ्वी राजमार्ग आज बेलुकासम्म दुईतर्फी नै खोल्ने तयारी

लोकपथ
0
Shares

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५, गलौँदीमा सडक भासिएर पूर्ण रूपमा अवरुद्ध भएको पृथ्वी राजमार्ग आज बेलुकादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन आवतजावतमा समस्या भएको छ । अलपत्र परेका साना तथा अत्यावश्यक सवारीसाधन, विशेषगरी एम्बुलेन्सलाई आवतजावत गराउन वैकल्पिक मार्गको व्यवस्था गर्न लागिएको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडकभन्दा माथि रहेको साँघुरो कच्ची बाटोलाई स्थानीय सरकारसँग समन्वय गरी मर्मत तथा ग्राभेल गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

वैकल्पिक मार्ग सञ्चालनमा आएपछि एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?