फेरी नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, १२० पुगे संक्रमित

काठमाडौं । कपिलवस्तुमा १० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० का १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

संक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन् । यस्तै एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ भने त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?