काठमाडौं । के तपाईले कहिल्यै कुम्भ देख्नुभएको छ ? टिभीमै भएपनि तपाईले कुम्भ मेला देख्नु भएकै होला । त्यहाँ तपाईले धेरै संख्यामा नागाबाबाहरु पनि देख्नु भएको होला ।
नागाबाबाहरु कपडा नै नलगाई अर्थात् निर्वस्त्र बनेर बसेका हुन्छन् । आफ्नो पूरा शरीरमा भष्म लगाएर घुमिरहेका हुन्छन् । आज हामी तपाईलाई नागाबाबाहरुले किन कपडा लगाउँदैनन् भन्ने बारेमा जानकारी दिनेछौँ ।
नागा शब्दको अर्थ नाङ्गो भन्ने हुन्छ । नागाबाबाहरु पनि पूरा निर्वस्त्र हुन्छन् । उनीहरु उपासनामा स्वयंलाई लीन गराउँछन् । सांसारिक भोगविलासबाट उनीहरु टाढा रहन्छन् ।
कहाँ बस्छन् नागा साधु ?
नागाबाबाहरु ठूलो महल नभएर स-सानो कुटी बनाएर बसेका हुन्छन् ।
उनीहरु के खान्छन् ?
नागाबाबाहरु तीर्थयात्रीहरुले दिएको खानेकुरालाई नै आफ्नो भोजन बनाएर खान्छन् । उनीहरुका लागि दैनिक भोजनको महत्व धेरै हुँदैन ।
कपडा किन लगाउँदैनन् ?
उनीहरु कपडा शरीरको माया भएकाहरुले लगाउने हो भन्ने ठान्दछन् । कपडाको प्रयोग ज्यान जोगाउनेहरुले मात्र गर्ने हो भन्ने उनीहरु ठान्छन् । उनीहरुलाई शरीरको कुनै महत्व हुँदैन ।
उनीहरु हरेक समय ध्यानमै तल्लीन हुन्छन् । उनीहरुको विचार दृढ हुन्छ र उनीहरुलले मौसममा ध्यान दिदैनन् ।
नागाको के हो इतिहास ?
वेद व्यासले न संगठितरुपमा वनवासी, सन्यासी जस्ता परम्पराको शुरुवात गरेका थिए भन्ने मान्यता रहेको छ । त्यसपछि शुकदेव र अनेक ऋषि तथा सन्तले यस परम्परालाई आ-आफ्नो तरिकाबाट फरक आकार दिएको बताइन्छ ।
साथै पछि शंकराचार्यले ४ मठ स्थापना गरेर दसनामी सम्प्रदायको गठन गरेका थिए । साथै अखडाको परम्परा शुरु भएको थियो । जानकारी होस् कि, सबैभन्दा पहिलो अखडा अखण्ड आह्वान अखडा वर्ष ५४७ ई.मा बनेको थियो ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?
भिखारी ठानेर ‘शोरुम’बाट बाहिर निकालेपछि भयो हंगामा…
कोरोनाको ठूलो रहस्य पत्ता लगाएका चीनका ‘रिसर्चर’को हत्या !
खाल्डोमा गाडिएकी महिला माटो हटाएर बाहिर निस्किएपछि…
कोरोना संकटको बीच चीनले उडायो रकेट
दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु
बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)
सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी
कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया