काठमाडौं । २३ वर्षीया शिक्षिकाले आफ्नो ११ वर्षीय विद्यार्थी लिएर फरार भएको घटना सार्वजनिक भएको छ ।
ट्यूशन पढाउने ती शिक्षिकाले आफ्ना ११ वर्षीय बालक विद्यार्थीलाई लिएर फरार भइ शारिरीक शोषण समेत गरेको खुलेको छ । घटना भारतको गुजरातस्थित सुरत शहरको हो ।
गत अप्रिल २५ गते ती शिक्षिका आफ्ना विद्यार्थीलाई लिएर फरार भएकी थिइन् । विद्यार्थीका परिवारले उजुरी दिएपछि ती शिक्षिकालाई पक्राउ गरी प्रहरीले बालबालिकामाथिको यौन दुव्र्यवहार अन्तर्गतको पोक्सो कसुरमा अनुसन्धान अघि बढाएको छ ।
दुवै जना एउटै सुरत शहरको एकै टोलमा बस्दै आइरहेका थिए । दुवै जना हराएपछि सीसीटीभी फुटेजमा शिक्षिकाले छात्रालाई आफूसँगै लगेको देखिएको थियो ।
यसपछि, प्रहरीले अनुसन्धानलाई तीव्र बनायो र तीन दिन भित्र, दुवै जना गुजरात–राजस्थान सीमा नजिकैको शामलाजीबाट फेला पारिएको थियो । त्यसपछि शिक्षिकालाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो । प्रहरी सोधपुछको क्रममा ती शिक्षिकले विद्यार्थी ट्युसन पढ्न आफूकहाँ आउने गरेको बताइन् ।
ती शिक्षिकालाई घरमा विवाहको दबाब आइरहेको समेत प्रहरीले जनाएको छ । ती विद्यार्थीलाई समेत घरमा नपढेको भनेर दबाब दिएको कारण दुवै जना सल्लाहमा भागेको ती शिक्षिकाले प्रहरीसँग बयान दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया