खाल्डोमा गाडिएकी महिला माटो हटाएर बाहिर निस्किएपछि…

काठमाडौं । यस्तो कुरा सायद हामीले कहानीमा मात्र सुनेका होलाउँ । गाडिसके पछि माटो हटाएर बाहिर निस्किने भन्ने कुरा साँच्चिकै एकादेशको कथा जस्तो नै छ ।

यसलाई विश्वास गर्न नै गाह्रो हुन्छ । तर युक्रेनमा बस्ने एक महिलामा भने यो घटना वास्तविक जीवनमै भएको छ । यो घटना युक्रेनको मार्यान्स्केको हो ।

त्यहाँ बस्ने ५७ वर्षीय निना रुदचेनेको नाम गरेकी महिलालाई एक छिमेकीले रक्सी खाएर जिउँदै खाल्डोमा पुरेका थिए ।

उनको घर नजिकै बस्ने दुई दाजुभाईले रक्सी पिएर बसेका थिए । त्यो दिन उनीहरु अचानक घरमा घुसेर घरको सामान तोडफोड गरिदिए । र उनलाई कुटपीट गरेर जिउँदै खाल्डो खनेर गाडिदिए ।

उनीहरुले टचर दिएका कारण उनी २ घण्टा बेहोस भएकी थिइन् । त्यहि मौका बनाएर उनीहरुले उनलाई जिउँदै खाल्डोमा पुरेका थिए ।

उनीहरुले नीनालाई खाल्डो खन्ने ठाउँमा लिएर गए र पानी छर्केर उनलाई जगाए । साथै खाल्डो खन्न पनि उनैलाई लगाए । त्यसपछि उनीहरुले खाल्डोमा हालेर माथिबाट माटो हाल्न थाले ।

उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुराकानी गर्दै भनिन्, त्यो बेला उनीहरु हाँसीरहेका थिए र मेरो पूरा परिवारलाई त्यसै गर्ने योजना सुनाईरहेका थिए । त्यसपछि म मरेको जस्तो सोचेर उनीहरु त्यहाँबाट हिँडे ।

उनी दुबैजना त्यहाँबाट गएपछि नीना निस्किएकी थिइन् । उनी त्यहाँबाट निस्किएपछि सरासर घरसम्म गएको र बेहोस भएको उनकी बहिनी लुडमिला गुराले बताईन् ।

डेली मेलका अनुसार डाक्टर पनि उनको अवस्था देखेर अचम्मित भएका थिए ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

कोरोना संकटको बीच चीनले उडायो रकेट

दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

 कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?