भिखारी ठानेर ‘शोरुम’बाट बाहिर निकालेपछि भयो हंगामा…

काठमाडौं । भनिन्छ, मानिसको पहिचान उसको मनबाट गर्नुपर्दछ, तनबाट होइन । साथै उसको पहिचान कपडा हेरेर गर्न हुँदैन ।

संसारमा त्यस्ता धेरै मानिसहरु छन्, जो धनी भएपनि देखाउन चाहँदैनन् र सामान्यरुपमा नै हिँडिरहेका हुन्छन् । त्यस्ता मानिसहरुलाई अधिकांशले भिखारी सम्झिन्छन् र आफ्नो घमण्ड देखाउन थाल्छन् ।

यस्तै एउटा घटना एक व्यक्तिको जीवनमा पनि घटेको छ । यो घटना थाइल्याण्का एक ठूला बिजनेशम्यानको हो । उनी एक करोडपति व्यक्ति थिए । तर उनलाई पुरानो कपडा मन पर्दथ्यो र उनी त्यहि कपडा लगाएर हार्ले डेभिडसनको शोरुममा गएका थिए ।

त्यहाँ गएर उनले नजिकै रहेको एक मोटरसाईकलको मूल्य सोधे । तर पुरानो कपडा लगाएकै कारण बाइकको बारेमा सोरुममा रहेका व्यक्तिले बोल्न उचित ठानेनन् र बाहिर जान बताए । उनले नमानेपछि कर्मचारीहरुले
म्यानेजरलाई बोलाए ।

म्यानेजरले पनि उनको कपडाबाट मूल्याङ्कन गरेर उनलाई बाहिर जा भन्दै चिच्याउन थाले ।

जब ति व्यक्तिले उक्त बाइकको मूल्य सोधेर सबै पैसा र केहि टिप्स समेत झिके तब सबै छक्क परे उनलाई उक्त बाइकको १२ लाख मूल्य भनेकोमा उनले सबै निकालेपछि त्यहाँ रहेका सबै अचम्मित बने ।

उनको बारेमा पछि सत्यता खोल्दै जाँदा उनी एक ठूला बिजनेशम्यान भएको कुरा पत्ता लागेको थियो । त्यसपछि त्यहाँ रहेका कर्मचारी र म्यानेजरले पनि उनीसँग माफी मागेका थिए ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

कोरोनाको ठूलो रहस्य पत्ता लगाएका चीनका ‘रिसर्चर’को हत्या !

खाल्डोमा गाडिएकी महिला माटो हटाएर बाहिर निस्किएपछि…

कोरोना संकटको बीच चीनले उडायो रकेट

दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

 कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?