कोरोनाको ठूलो रहस्य पत्ता लगाएका चीनका ‘रिसर्चर’को हत्या !

काठमाडौं । चीनमा एक शोधकर्ताको शंकास्पद मृत्यु भएको छ । केहि दिन पहिला मात्र उनले कोरोना भाइरसको विषयलाई लिएर एक ठूलो अनुसन्धानको बारेमा सूचना दिएका थिए ।

अचम्मको कुरा त के छ भने हत्याराले स्वयं गोली हानेर आत्महत्या गरेका छन् । चीनका ति रिसर्चरको नाम डा. बिंग लिउ बताइएको छ ।

बिंग लिउ युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टरका कर्मचारी थिए । ३७ वर्षका डाक्टर बिंग लिउ आफ्नो अपार्टमेन्टमा एक्लै भएको अवस्थामा गोली हानेर हत्या गरिएको थियो ।

रोस टाउनसीपको अपार्टमन्टमा उनी शनिवार एक्लै बसिरहेका थिए । त्यहि बेला एक मानिस छिरेर उनको हत्या गरेको थियो । साथै बिंगको हत्या गरेपछि हाओ गू नामका ति व्यक्तिले पनि आफूलाई गोली हानेर आत्महत्या गरेको खबर उल्लेख छ ।

मिडिया रिपोर्टका अनुसार हाओ गू नामक ति व्यक्ति बिंग लिउ बसिरहेको ठाउँमा गएरै उनको हत्या गरेका थिए ।

लिउको शिर, घाँटी र शरीरमा गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

रिपोर्टका अनुसार लिउकी श्रीमती नभएको मौकामा उनको हत्या गरिएको थियो । उनीहरुको कोहि सन्तान नभएको बताइएको छ ।

पुलिसका अनुसार यस घटना पछि गू आफ्नो कारमा चढेर फर्कियो । त्यसपछि उसले आत्महत्या गरेको खुलेको छ । लिउ युनिभर्सिटी अफ पिट्सवर्ग मेडिकल सेन्टरमा रिसर्च असिस्टेन्टको रुपमा कारम गर्दथे ।

मेडिकल सेन्टरका अनुसार उनी कोरोनाको विषयलाई लिएर खोजको नजिक पुगिसकेका थिए । बयानमा भनिएको छ कि, लिउ कोरोना भाइरसलाई लिएर एक ठूलो अनुसन्धानको नजिक रहेका थिए ।

युपीएमसीको तर्फबाट भनिएको छ कि, उनको प्रयासलाई बेकार जान नदिएर उक्त काम पूरा गरिनेछ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

खाल्डोमा गाडिएकी महिला माटो हटाएर बाहिर निस्किएपछि…

कोरोना संकटको बीच चीनले उडायो रकेट

दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

 कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?