काठमाडौं – हालसम्म नेपालमा कुल १९ हजार ४ सय ३२ जनामा कोरोना परीक्षण भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पिसीआर र र्यापिड डाईग्नोस्टिग टेष्ट गरी दुई तरीकामध्ये पिसीआर प्रविधीबाट ७ हजार २ सय ४० वटा जाँच गरिएको जानकारी दिए। उनले भने, “गत २४ घण्टामा ३ सय ६९ नमूनाको पिसीआर विधीबाट जाँच भएको छ । र्यापिड डाईग्नोस्टिग टेष्टबाट १२ हजार १ सय ९२ वटा जाँच भएको छ । गत २४ घण्टामा ३ हजार २ सय ६३ वटा जाँच यस नमूना परिक्षण विधीबाट गरिएको छ ।”
आज दिइएको जानकारी अनुसार र्यापिड डाईग्नोस्टिग टेष्टबाट ७७ जिल्लामध्ये ८ जिल्लामा मात्रै जाँच गर्न बाँकी रहेको र बाँकी सबैमा सुरु भइसकेको छ । ताप्लेजुङ, पाँचथर, ओखलढुंगा , खोटाङ, सोलुखुम्बु, मनाङ, रुकुमपूर्व र रोल्पा जिल्लामा परीक्षण गर्न बाँकी छ । हालसम्म विभिन्न जिल्लामा आरडिटी केहि पोजेटिभ आएका थिए । ति केसहरु पिसिआरबाट परीक्षण गर्दा नेगेटिभ आएको छ । हालसम्म ४ हजार ९ सय १ जना क्वारेन्टाईनमा छन् ।
हालसम्म १०३ जना आईसोलेसन उपचाररत छन् । ८ जना काठमाडौं उपत्यकामा र बाँकी बाहिर जिल्लामा रहेका छन् ।
मन्त्रालयको निशुल्क टेलिफोन नम्बरमा गत २४ घण्टामा २ हजार ८ सय ८९ वटा कल आएका छन् । ति ‘कलको’ सम्बोधन भएको छ । उनले भने, “उहाँहरुको प्रश्नको जवाफ दिइएको छ ।” मोबाईल एप र वेव पेजमा क्वारेन्टाईनमा बसेकाले स्वमूल्यांकन गर्नको लागि क्वारेन्टाईनमा बस्नुभएका व्यक्तिले पछिल्लो २४ घण्टामा ८ सय ४ जना छन् ।
१८ हजार ४ सय ३४ जनाले भरेको विवरणको आधारमा गत २४ घण्टामा ६ जना हालसम्म कुल रेड जोनमा पर्नेको संख्या २ सय ४७ जना रहेका छन् । यसैबीच डाक्टर देवकोटाले रेड जोनमा परेका सबै २ सय ४७ जनामध्ये धेरैको ट्रेसिङ गरिसकेको र केहिको संभावित हुनसक्ने भएकोले ट्रेसिङ अघि बढाइएका छन् ।
तिमध्ये केहिको संम्बोधन भइसकेको छ । त्यसैले यस एपमा जानकारी गराइदिनको लागि डाक्टर देवकोटाले अनुरोध गरेका छन् । वीरगंगको छपकैयामा ४०० जनाको जाँच गरिएकोमा हालसम्म सबैको नतिजा नेगेटिभ आएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ रहेको र एकजना उपचारपछि स्वास्थ्यलाभ गरी घर गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
के निर्जिव वस्तु छुँदा कोरोना सर्छ ! के भन्छन् चिकित्सक ?
वैज्ञानिक एन्थनी फाउचीको चेतावनी : अब संसार कोरोनाबाट पूरै मुक्त हुन सक्दैन !
सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ?
संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया