Update : नेपालमा १२ जना पुगे कोरोना संक्रमित, थपिए तीन भारतीय

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को थप तीन जना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित को सङ्ख्या १२ पुगेको छ ।

यसअघि भेटिएका ९ जना नेपाली नागरिक हुन् भने यसपटक पुष्टि भएका तीन जना भारतिय नागरिक हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारीक वेबसाइटमा दिइएको जानकारी अनुसार कोरोना भाइरस कोभिड १९ को थप ३ जना संक्रमित भेटिएका हुन् ।

प्राप्त जानकारी अनुसार हेटौँडामा शुक्रवार गरिएको प्रारम्भिक परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि ति तीनवटै नमूना पुनः परीक्षणका लागि काठमाडौँ ल्याइएकोमा तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरूको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । कोरोना संक्रमणपछि उनीहरूलाई हाल नारायणी अस्पतालमा आइसोलेसनमा राखिएको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार नेपालमा हालसम्म ४ हजार ४ सय २६ जनाको नमूना परिक्षण भइसकेको छ । ८ हजार ८२ जना नेपाली क्वारेन्टाईनमा, ८२ जना आईसोलेसनमा, मन्त्रालयको एप र वेवसाईटमा आफ्ना लक्षण टिपाएको विवरण विश्लेषण गर्दा १ सय ८९ जना रेड जोनमा रहेका छन् । नेपालमा यसअघि रहेका ८ जना संक्रमितको उपचार भइरहेको छ। जसमा चार जना धनगढीमा, दुई जना बागलुङ र दुई जनाको टेकुमा उपचार भइरहेको छ। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

यसैबीच पछिल्लो तीन संक्रमित थपिएपछि कोरोना अपडेटबारे जानकारी गराइरहेको वल्र्डोमिटरले नेपालमा संक्रमित संख्या थप ३ जना जोडेर जम्मा १२ जना देखाएको छ ।

यसअघि एकैपटक नेपालमा कोरोना भाइरस ‘कोभिड १९ कोरोनाको नयाँ तीन जना संक्रमित थपिएका थिए । उनीहरु कैलाली र कञ्चनपुरका नेपाली नागरिक थिए। उनीहरु भारतबाट आएका र एकजना ति संक्रमितको परिवारको सदस्य थिए । भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, कैलालीको ३४ वर्षीय महिलामा संक्रमण फेला परेकोमा आज  थप ३ भारतीयमा संक्रमण देखिएको हो ।

तपाईलाई लाग्यो होला भारतीय नागरिकलाई देखिएको संक्रमण नम्बर नेपालमा किन जोडियो ? प्राप्त जानकारी अनुसार कुनैपनि व्यक्ति जुन देशको भुगोलमा गएर संक्रमित भएको छ त्यहि देशको संक्रमित संख्यामा ती मानिसहरुको गणना हुन्छ । त्यसैले पछिल्लो पटक नेपालमा भेटिएका तीन भारतीय संक्रमित यतिबेला नेपालको भूभागमा छन् त्यसैले उनीहरुलाई नेपालको संक्रमित संख्यामा गणना गरिएको हो ।

सरकारले कोरोना संक्रमण नफैलियोस् भनेर २० दिनयता लकडाउन गरेको छ ।

यसअघिका ९ जना कोरोना संक्रमित नेपाली, को कहाँ बाट आएका थिए  ? 

पहिलो संक्रमित – चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो

दोस्रो संक्रमित – फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको

तेस्रो संक्रमित-  युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको

चौंथो संक्रमित – युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको

पाचौं संक्रमित – बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको

छैठौं संक्रमित – कतार हुँदै फर्किएकी बाग्लुङकी महिलाको २० चैत्रमा पत्ता लागेको

सातौं संक्रमित – भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, २२ चैत्रमा पत्ता लागेको

आठौं संक्रमित – भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, २२ चैत्रमा पत्ता लागेको

नवौं संक्रमित – कैलालीकी ३४ वर्षीय महिला २२ चैत्रमा पत्ता लागेको

अहिले थपिएका तीन जना भारतीय मुस्लिम धर्म प्रचारक थिए

शुक्रबार दिउँसो २ बजे हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा ३५ जनाको कोरोना परीक्षण रिपोर्ट जारी गर्दा वीरगन्जको एक मस्जिदमा बसिरहेका तीन भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोनाको आशंका गरिएको थियो।

मिश्रित रिपोर्ट आएपनि उनीहरुलाई कोरोनाको आशंका गरिएको थियो । त्यसपछि लगत्तै उनीहरुलाई वीरगञ्जको छपकैयाँस्थित मस्जिदबाट नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा सारिएको थियो।

उनीहरुको नमूना पोजेटिभ हो वा होइन भन्ने प्रस्ट हुन नसकेपछि थप पुष्टि गर्नका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो ।

शनिबार साँझ उनीहरुसँगै छपकैयाँस्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका अन्य २१ धर्मप्रचारकहरुलाई पनि क्वारेन्टाइनमा पठाइएको छ।

उनीहरुलाई स्थानीय सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा सारिएको छ।

बिहीबार छपकैयाँ र बाराको घुसुकपुर मस्जिदका २४ जना धार्मिक गुरु नारायणी क्षेत्रीय अस्पतालमा ‘स्क्रिनिङ’का लागि आएका थिए।

उनीहरुले आफूहरु चार महिनादेखि नेपालमा रहेको अस्पतालमा बताएका थिए। तर स्थानीयहरुले ९ /१० दिनअघि मात्र यी गुरुहरु मस्जिदमा आएको बताएका छन्। यतिबेला नेपालमा लकडाउन छ । यदि स्थानीयको भनाई साँचो हो भने उनीहरु लकडाउनको समयमा कसरी र के उदेश्यले नेपाल आए ?  प्रश्न गम्भिर छ । त्यस्तै नेपाल भारत सीमा क्षेत्रमा यस्ता धर्म प्रचारकहरु ठुलो सङ्ख्यामा रहनु र तिनीहरू संक्रमित भएको सम्भावना हुनुले सो क्षेत्रमा अहिले नयाँ चुनौती थपिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ हालसम्म विश्वका २ सय १० देशमा फैलिएको छ ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको भनिएको कोरोना भाइरस कोभिड १९ का कारण एक लाख भन्दा धेरै मानिसले ज्यान गुमाएका छन् ।

१७ लाख बढी मानिस संक्रमित भएका छन् भने चार लाख बढी मानिसले स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् ।

कोरोनाबाट बच्न यी ८ कुराहरुको ध्यान दिनुहोस् !

कोरोनाबाट कसरी सतर्क रहने ? र के गर्दा कोरोनाबाट बच्न सकिन्छ ? भन्ने बारेमा स्वास्थ्य विशेषज्ञहरुले ध्यान दिनुपर्ने बिभिन्न कुराहरुको बताएका छन् ।

१. कोरोना भाइरसबाट बच्नको लागि हाइजीन बनाइराख्नु पर्दछ । आफ्नो आसपासको सरसफाईमा ध्यान दिनुपर्दछ । खोकी र हाच्छयुँ गर्दा रुमालको प्रयोग गर्नुपर्दछ । समय समयमा साबुन पानीले हात धुनु पर्दछ ।

२. राम्रोसँग हात धुनका लागि साबुन वा स्यानेटाइजरको प्रयोग गर्नुपर्दछ । त्यसपछिहात लगभग २० सेकेण्डसम्म सुकाउनु पर्दछ । हात धोएपछि सफा कपडाले पुछ्ने गरौँ ।

३. घरबाट बाहिर निस्किँदा ‘एन -९५’ मास्क वा सर्जिकल मास्कको प्रयोग गरौँ ।

४. बजारबाट किनिएका कुनै पनि सामान खाद्य पदार्थहरु काँचोमै नखानुस् । मासु सब्जीहरु खानु भन्दा अगाडि राम्रोसँग उमालेर मात्र खाऔँ ।

५. इन्फेक्टेड वा अन्जान व्यक्तिसँग धेरै समयसम्मसँग नबसौँ । कोहि पनि व्यक्तिसँग हात मिलाए पछि साबुन पानीले राम्रोसँग हात धोऔँ ।

६. आँखा, नाक वा मुखमा पटक पटक हात नलगाऔँ । यदि छोइहालेमा तत्कालै हात धोऔँ ।

७. यदि तपाईलाई खोकी लाग्छ, खकार आउँछ र सास फेर्न अफ्ठेरो हुन्छ भने तत्कालै डाक्टरको सल्लाह र सुझव लिने गरौँ ।

८. डाक्टरबाट लिएको सल्लाहलाई नियमित पालना गरौँ ।

9. क्वारेन्टाईनमा बसौँ । आईसोलेसन र अस्पतालका नियम पालना गरौँ ।

जोखिम न्यूनीकरण

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
मासु र अण्डालाई पकाएर खाऔं
जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात ?

खोक्दा वा हाच्छिउँपछि
बिरामी व्यक्तिको स्याहार गरेपछि
चर्पी प्रयोग गरेपछि
हात फोहोर देखिएपछि
बाहिरबाट घर आएपछि
जनावर वा जनावरको फोहोर छोएपछि

कसरी हुन्छ संक्रमण  ? 

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

कसरी बच्ने ?

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं

खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं

चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं

मासु र अण्डालाई पकाएर खाऔं

जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात ? 

खोक्दा वा हाच्छिउँपछि

बिरामी व्यक्तिको स्याहार गरेपछि

चर्पी प्रयोग गरेपछि

हात फोहोर देखिएपछि

बाहिरबाट घर आएपछि

जनावर वा जनावरको फोहोर छोएपछि

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

वैज्ञानिक एन्थनी फाउचीको चेतावनी : अब संसार कोरोनाबाट पूरै मुक्त हुन सक्दैन ! 

सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ? 

संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !

के निर्जिव वस्तु छुँदा कोरोना सर्छ !  के भन्छन् चिकित्सक ? 

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?