कोरोनाबाट मर्नेको संख्या एक लाख ८ हजार नाघ्यो, १७ लाख ८० हजार बढी संक्रमित

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को कारण यो समाचार तयार पार्दासम्म विश्वभर एक लाख ८ हजार आठ सय २७ जनाको मृत्यु भएको छ । १७ लाख ८० हजार ३ सय १२ जना मानिस संक्रमित छन् । ४ लाख ४ हजार मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिकामा मात्रै यो भाइरसको कारण मृत्यु हुने मानिसको संख्या २० हजार नाघेको छ । अमेरिकामा यो समाचार तयार पार्दासम्म कोभिड १९ को कारण २० हजार पाँच सय ७७ जना मानिसको मृत्यु भएको छ भने ५ लाख ३२ हजार ८७९ जना संक्रमित भएका छन् । अमेरिकाको न्युयोर्क राज्यमा मात्र आठ हजार छ सय ३८ जनाको मृत्यु भइसकेको छ । न्युयोर्कमा समग्र संक्रमितको संख्या पनि एक लाख ८१ हजार नाघेको छ ।

उता इटालीमा अहिलेसम्म यो भाइरसको कारण १९ हजार चार सय ६८ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको ईटलीको मृतकसंख्या भन्दा अमेरिकाको बढी छ । अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख ३२ हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म ३० हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् ।

उता स्पेनमा पनि १६ हजार ६ सय ६ जनाले ज्यान गुमाएका छन् । एक लाख ६३ हजार मानिस संक्रमित छन् । ५९ हजार मानिस उपचारपछि निको भएका छन् ।

अहिलेसम्मको तथ्यांकमा सबैभन्दा धेरै मानिस निको हुनेमा चीन सबैभन्दा अगाडि देखिएको छ । कोरोना भाइरसको उद्गम देश मानिएको चीनमा अहिलेसम्म ३ हजार ३ ३९ जनाको मृत्यु भएको छ भने ८२ हजार ५२ जना बढी मानिस संक्रमणबाट निको भइसकेका छन् । ७७ हजार ५ सय ७५ जना मानिस निको भइसकेका छन् ।

इरानमा पनि अहिलेसम्म ४१ हजारभन्दा धेरै मानिस निको भइसकेका छन् । इरानमा ७० हजार कुल संक्रमितमध्ये अब २३ हजारभन्दा बढी मानिस निको हुन बाँकी छन् भने चार हजार तीन सय ५७ जनाको मृत्यु भइसकेको छ ।_एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

वैज्ञानिक एन्थनी फाउचीको चेतावनी : अब संसार कोरोनाबाट पूरै मुक्त हुन सक्दैन ! 

सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ? 

संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !

के निर्जिव वस्तु छुँदा कोरोना सर्छ !  के भन्छन् चिकित्सक ? 

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?