चीनका वैज्ञानिकले फेरी गरे सनसनीपूर्ण खुलासा !

काठमाडौं । कोरोना भाइरसको महामारी सारा विश्वले अहिले झेलिरहेको छ । कोरोना भाइरसलाई लिएर फेरी एउटा अर्काे खुलासा भएको छ ।

चीनको पीएलए जनरल अस्पताल र येल युनिभर्सिटी स्कूल अफ मेडिसिनको संयुक्त रिसर्चले कोरोना भाइरसको लक्षण देख्न छोडेको ८ दिन बितेपछि पनि संक्रमित भएर निको भईसकेका व्यक्तिलाई पुनः कोरोना भाइरसको लक्षण देखा पर्ने कुरा पत्ता लगाएको हो ।

अर्थात् संक्रमण भएर निको भएको ८ दिनपछि पुनः उक्त व्यक्तिमा कोरोनाको लक्षण देखा पर्ने वैज्ञानिकहरुले नयाँ रिसर्चबाट पत्ता लगाएका हुन् ।

शोधकर्ताहरुका अनुसार, रिसर्च बेला चीनमा १६ रोगीहरुमाथि रिसर्च गरिएको थियो । त्यसमध्ये आधा रोगीहरुमा लक्षण नदेखिएको ८ दिनमा फेरी कोरोनाको लक्षण देखिएको थियो । चीनमा उक्त शोध २८ जनावरी देखि ९ फेब्रुअरीसम्म गरिएको थियो ।

आइसोलेसनको समय १४ दिन सम्म राख्न आवश्यक

कोरोना भाइरस संक्रमितहरुका लागि १४ दिनसम्म आइसोलेशनमा राख्न आवश्यक रहेको शोधकर्ताहरुको दाबी छ ।

शोधकर्ताहरुका अनुसार आइसोलेशनमा संक्रमित राख्ने समयलाई अहिलेकोबाट बढाएर १४ दिन राख्नुपर्ने आवश्यक रहेको शोधकर्ताहरुको निस्कर्ष रहेको छ ।

किनभने अन्यमा फेरी संक्रमण नफैलिओस् । येल स्कूल अफ मेडिसिनका इन्स्ट्रक्टर डा. लोकश शर्माका अनुसार, शोधबाट सबैभन्दा अहम कुरा संक्रमित व्यक्तिलाई ठिक भएको ८ दिनपछि पनि फेरी संक्रमणका लक्षण पत्ता लागेको कुरा शोधले पत्ता लगाएको छ ।

त्यसैले संक्रमणले झनै गम्भीर रुपमा अन्य मानिसमा पनि आफ्नो प्रकोपको घर बनाउन सक्ने शोधबाट पत्ता लागेको छ । साधारणतया कोरोना भाइरसको लक्षण देखिन कसैको शरीरमा पनि ५ दिनको समय लाग्दछ ।

तर कसैको भने कोरोना पोजेटिभ पाइएपनि तत्काल लक्षण देखिँदैन र त्यसको ८ दिन पछि शरीरमा लक्षण देखा पर्ने गरेको शोधबाट पत्ता लागेको छ ।

अमेरिकाको डिसीज कन्ट्रोल एण्ड प्रिभेन्सन कन्ट्रोलका अनुसार, केहि संक्रमितहरु भने बिना औषधि नै ठीक भएका छन् ।

तर उनीहरुमा पुनः कोरोना भाइरसका लक्षणहरु देखा परेमा उसलाई थोरैमा पनि ३ दिन आइसोलेट गर्नुपर्ने शोधले बताएको छ ।

कोरोनाबाट बच्न आफूलाई नै गर्नुहोस् लामो समयसम्म आइसोलेट

शोधकर्ता डा. जीजिन शीको सल्लाह मान्ने हो भने, आफ्नो सुरक्षा आफै लिन आवश्यक छ ।

यो घडीमा कसैको भरमा परेर नबस्न उनले अनुरोध गरेका छन् । कुनै क्षेत्रको मात्र रोग तथा प्रकोप नभएको र यो महामारी सारा विश्वमा जहाँ जुनबेला पनि फैलिन र संक्रमण देखा पर्ने भएकोले आफ्नो सुरक्षाको खातिर पनि आफूले आफूलाई नै आइसोलेट गर्न अति आवश्यक रहेको उनी बताउँछन्।

उनी भन्छन्, यदि तपाईलाई कोरोनासँग सम्बन्धित लक्षण देखिए र महशुस गर्नु भयो भने,घरमै आफूलाइ एकबाट टाढा राख्दै आइसोलेट बस्ने गरौँ ।

किनभने आफूले आइसोलेट गरेपछि यदि तपाईमा कोरोना भाइरसको कुनै संक्रमण देखा परेको छ भनेपनि अर्काे व्यक्तिमा सर्ने सम्भावना कमै रहन्छ ।

संक्रमणका लक्षण देखिए दुई हप्तासम्म आफूक्वारेन्टाइनमा बस्नुपर्ने उनी सल्लाह दिन्छन् । कोरोनाको संक्रमण नदेखिएको हप्तादिन वा त्यो समयभन्दा पछि पनि कोरोनाको संक्रमण देखा पर्न सक्दछ ।

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै फैलिइरहेको छ । अहिलेसम्म विश्वका २०५ वटा देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । विश्वव्यापीरुपमा महामारी बन्दै फैलिएको प्रकोपबाट अहिलेसम्म सारा विश्वमा ५९ हजार १९३ जनाको मृत्यु भईसकेको छ भने १० लाख ९९ हजार ५७२ जनामा संक्रमण देखा परेको छ भने २ लाख २८ हजार ९३८ जना उपचार पछि निको भएका छन् ।

त्यस्तै भाइरसका कारण ३९ हजार ३९१ जनाको अवस्था गम्भीर रहेको छ । कोरोनाभाइरसको कारण अत्याधिक प्रभावित बनेको देश इटालीमा अहिलेसम्म १४ हजार ६८१ जनाको मृत्यु भएको छ भने भाइरसको संक्रमण १ लाख १९ हजार ८२७ जनामा देखिएको छ ।

त्यस्तै इटालीमा मात्रै भाइरसको संक्रमणबाट ४ हजार ६८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै प्रभावित दशको दोश्रो नम्बरमा रहेको स्पेनमा अहिलेसम्म ११ हजार १९८ जनाको ज्यान गएको छ भने १ लाख १९ हजार १९९ जनामा संक्रमण देखिएको छ । त्यस्तै स्पेनमा ६हजार ४१६जनाको अवस्था नाजुक रहेको छ ।

त्यस्तै अति प्रताडित देशको तेश्रो नम्बरमा रहेको अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म ७ हजार ४०२ जनाले ज्यान गुमाईसकेका छन् भने २ लाख ७७ हजार ४६७ जनामा भाइरसको संक्रमण देखा परेको छ ।

आजमात्रै अमेरिकामा यो समाचार् तयार पार्दासम्म थप १० जनाले ज्इान गुमाएका छन् भने ३०६जना नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै अति प्रभावित देशको सूचीमा रहेको फ्रान्समा अहिलेसम्म ६ हजार ५०७ जनाको ज्यान गएको छ भने ६४ हजार ३३८ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।

त्यस्तै चीनमा आज थप ४ जनाको मृत्यु भएको छ । थप ४ को मृत्यु सहित चीनमा भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार ३ सय २६ पुगेको छ । साथै चीनमा नै आज थप १९ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै संक्रमणले ग्रस्त ब्रिटेनमा अहिलेसम्म ३८ हजा् १६८ जनामा कोरोनाको संक्रमण देखिएको छ भने, ३ हजार ६०५ जनाले भाइरसको कारण ज्यान गएको छ ।

त्यस्तै ईरानमा अहिलेसम्म भाइरसका कारण ३ हजार २९४ जनाको ज्यान गईसकेको छ भने ५३ हजार १८३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै जर्मनीमा कोरोनाका कारण अहिलेसम्म १ हजार २७५ जनाले ज्यान गुमएका छन् भने ९१ हजार १५९ जनामा कोरोनाको संक्रमण फेला परेको छ ।

त्यस्तै बेल्जियममा १६ हजार ७७० जनामा कोरोनाको संक्रमण देखिएको छ भने १ हजार १४३ जनाको भाइरसका कारण मृत्यु भएको छ । त्यस्तै भाइरसका कारण नेदरल्याण्ड्समा १ हजार ४ सय ८७ जनाले ज्यान गुमाएका छद्धन् भने, १५ हजार ७२३ जनामा भाइरसको संक्रमण देखा परेको छ ।

एजेन्सीको सहयोगमा

कोरोनाको विषयलाई लिएर खुल्यो उत्तर कोरियाको पोल,चुपचाप गर्दैछ यस्तो काम

कोरोनाको आँकडा लुकाएको विश्वव्यापी आरोपपछि बोल्यो चीन, सत्य के हो?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?