इरान विमान दुर्घटना अपडेट: ज्यान गुमाउनेको पहिचान खुल्यो, कुन देशका कति ?

एजेन्सी । इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान बुधबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा परी १६८ यात्रु र ९ जना चालक दलका सदस्यको मृत्यु भएको थियो ।

दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ। विमान दुर्घटनामा ८२ इरानी, ६३ क्यानेडियन, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्यु भएको छ ।

युक्रेनको राजधानी किएभको लागि उडेको विमान टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि दुर्घटनामा परेको थियो ।

यो पनि पढ्नुहोस् :

१ सय ८० जना बोकेको विमान दुर्घटना : आकाशबाट बल्दै खसेको भिडियो फेला (भिडियोसहित)

इरान विमान दुर्घटना अपडेट : सवार सबैको मृत्यु

इरानमा १ सय ८० यात्रु बोकेको विमान खस्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?