१ सय ८० जना बोकेको विमान दुर्घटना : आकाशबाट बल्दै खसेको भिडियो फेला (भिडियोसहित)

एजेन्सी । इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटना भएको भिडियोफुटेज फेला परेको छ ।

अन्तर्राष्ट्रिय संञ्चारमाध्यम अलजजिराको अनुसार विमानमा सवार सबै यात्रुको मृत्युु भएको छ । विमान आकाशमा केहि चम्किलो वस्तु बलेजस्तै गरी पछि पड्केको देखीन्छ । फ्लाइट राडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै दुर्घटना भएको थियो।

विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेका थिए । ५ बजेर १५ मिनेटमा युक्रेनको राजधानी केइभस्थित बोरिस्पिल विमानस्थलसम्म उडान गर्ने तालिका भर्नुपर्ने विमान बिहान ६ बजेर १२ मिनेटमा मात्रै उडेको थियो। इरानले इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा आक्रमण गरेको केही घण्टापछि यो दुर्घटना भएको हो ।

ukraine-plane -crash

तर विमान दुर्घटनासँग मिसाइल आक्रमणको कुनै सम्बन्ध नरहेको बताइएको छ। इरानको अर्धसरकारी समाचार संस्था आइएसएनले प्राविधिक कारणले विमान दुर्घटनामा परेको उल्लेख गरेको छ। इसराले सार्वजनिक गरेको भिडियोमा विमान जमिनमा ठोक्कएपछि ठूलो आगलागी भएको देखिएको थियो।

 

 

Iran plane crash 

अहिले त्यहाँ शव संकलन गर्ने कार्य भइरहेको जनाइएको छ । 

भिडियो : अलजजिराबाट

BBC

 

pic : cnn

 

ukraine-plane -crash

 

यो पढ्नुभएको थियो ? 

इरानमा १ सय ८० यात्रु बोकेको विमान खस्यो

इरान विमान दुर्घटना अपडेट : सवार सबैको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?