१३ औं साग महिला फुटबल : भारतद्वारा नेपाल स्तब्ध, २ गोलले पराजित

काठमाडौं । घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतले स्वर्ण उचालेको छ ।

पोखरा रंगशालामा भएको खेलमा नेपाललाई २-० गोल अन्तरले नेपाललाई पछि पार्दै भारतले स्वर्ण उचालेको हो ।  खेलको १७ औं मिनेटमा भारतीय खेलाडि बाला देवीले गोल गर्दै भारतलाई अग्रता दिलाईन् ।

यो बिचमा भारत सामू निरीह देखिएको नेपालले कुनै पनि गोल गर्न सकेन । पोखराबाट विभिन्न लाईभ स्टिमहरुमा आएका भिडियोहरुमा दर्शक तथा शुभेच्छुकले यसपटक नेपाली खेलाडी सावित्रा भण्डारी साम्बा एक्लैलाई फरवार्डमा राखिएका कारण खेलमा भारतको दबदबा रहेको भन्ने टिप्पणी गरेका थिए ।

यसैबिच ५५ औं मिनेटमा भारतिय खेलाडी बाला देवीले पुन: गोल गर्दै भारतलाई २-० गोलको अग्रता दिलाएपछि नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग आफ्नै भूमिमा नमिठो हार बेहोरेको हो ।

हरि खड्काको नेतृत्वमा रहेको महिला फुटलब टिमले यसपटकको सागमा स्वर्ण उचाल्नको लागि साउनको दोस्रो साताबाट तयारी सुरु गरेको थियो ।

सागमा सन् २०१० देखि महिला फुटबल समावेश भएकोमा यसअघिका दुवै सागमा सन् २०१० को सागमा ३–१ ले र सन् २०१६ को सागमा पनि फाइनलमा भारतसँगै ४–० ले पराजित भएर नेपाली टोली स्वर्णबाट वञ्चित हुनु परेको थियो । यसपटक पनि नेपाल बदला लिन चुकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?