काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको छ । लामिछाने चार वर्षपछि नेपाली टोलीको नेतृत्वमा फर्किएका हुन् ।
क्यानले रोहित पौडेललाई हटाएर लामिछानेलाई नेपाली एकदिवसीय (ओडीआई) टोलीको कप्तान नियुक्त गरेको हो । मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि क्यानले सोमबार लामिछानेको नेतृत्वमा नेपाली टोली घोषणा गरेको हो ।
क्यानले यसअघि पौडेललाई टी–२० को कप्तानीबाट पनि हटाएको थियो । क्यानले यसअघि टी–२० टोलीको कप्तानमा दीपेन्द्रसिंह ऐरीलाई नियुक्त गरेको थियो ।
एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डेय, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन् ।
एसीसी प्रिमियर कप आउँदो भदौ १४ देखि २७ गतेसम्म मलेसियामा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया