भारतले सिमा मिचेको सन्दर्भमा बल्ल बोले सरकारका प्रवक्ता

काठमाडौं । सार्वभौमिकताको रक्षाका विषयमा नेपाल सरकार सधैँ स्पष्ट रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताउनुभएको छ ।

आज सिंहदरबारस्थित मन्त्रालयमा सरकारको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भारतले एकपक्षीय रुपमा जारी गरेको राजनीतिक नक्सा अस्वीकार गर्ने र कुटनीतिक र राजनैतिक रुपमा त्यसको अन्त्य गर्ने पनी बताउनुभएको छ ।

यसैक्रममा मन्त्री बाँस्कोटाले बताउनुभयो, ‘२०१८ सालमा त्यस क्षेत्रमा नेपालको तर्फबाट जनगणना भएको थियो। त्यस वरिपरिका ठाउँमा राजस्व उठाउने काम पनि भएको तथ्य छन्। त्यसैले सार्वभौमिकसँग जोडिएका विषयमा सरकार स्पष्ट छ।’ साथै अधिकारको रक्षा , स्वाधीनताको रक्षामा अलमलिनपर्ने अवस्था नआउने दाबीसमेत उहाँले गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?