भारत भन्छ: नयाँ नक्सामा नेपालको भूभाग परेकै छैन

काठमाडाैं । भारतको नयाँ नक्समा नेपालको भूभाग परेको भन्दै नेपालमा अहिले बहस चलेको छ । परराष्ट्र मन्त्रालय बुधबार एक विज्ञप्ती जारी गर्दे कालापनी क्षेत्र नेपालको भूभाग हो भने विषयमा नेपाल सरकार स्पष्ट रहेको बताएको छ ।

यस विषयलाइ नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरुबाट दुइ देश बीचका समाधान हुन बाँकी सिमासम्बन्धी समस्याको समाधानको लागी प्राविधिहरुको सल्लाहामा दुवै देशका परराष्ट्र सचिवहरुले काम गर्ने गरी जिम्मेवारी दिइएको बताएको छ ।

भारतको नयाँ नक्सालाइ लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एंव टिप्पणीप्रति नेपाल सरकारले ध्यानाकर्षण भएको थियो ।

यस्तै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनका क्रममा सोधिएको प्रश्नमा नेपालसँगको सिमारेखामा कुनै हेरफेर नगरिएको दाबी गरेका छन्।

भारतले नेपाली भूमि नमिचेको दाबी गरेको छ। नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नयाँ नक्सामा आफूतर्फ गाभेको भन्दै आलोचना भइरहेका बेला उसले यस्तो स्पष्टीकरण दिएको छ।

नयाँ नक्सामा नेपालसँग जोडिएको सिमानामा कुनै भूगोल तलमाथि या हेरफेर गरिएको छैन’, उनले भने, ‘नेपालसँग सिमानामा अहिलेकै व्यवस्था अनुसार सम्बन्ध रहँदै आएको छ, यसमा कुनै हेरफेर भएको छैन।’

प्रवक्ता कुमारले भारत आफ्ना निकट छिमेकीहरुसँग द्विपक्षी सम्बन्धका क्रममा उठेका सवाललाई वार्ताद्वारा समाधानका लागि तयार रहेको पनि उल्लेख गरेका छन्। ‘हामी आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न आफ्नो प्रतिबद्धता दोहोर्‍याउँछौं’, उनले भनेका छन्, ‘साथै निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने कोशिश स्वार्थहरुविरुद्व एकजुट हुनु जरुरी भएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?