२१ कार्तिक २०७६, बिहीबार १५:१९

भारतीय दुतावासमा नेविसंघले बुझायो ज्ञापन पत्र


प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार १५:१९

काठमाडौं । नेपाल विद्यार्थी संघले नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै बिहीबार भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको छ ।

नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले बिहीबार काठमाडौंको लैनचौरस्थित भारतीय दुतावासमा पुगेर नेपाली भूमि भारतको नक्साबाट हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । त्यस अवसरमा नेविसंघका नेता तथा कार्यकर्ताहरुले भारतीय दुतावास अगाडि ‘गो व्याक इन्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’, ‘अतिक्रमण गरिएका नेपाली भूमि फिर्ता गर’ भन्दै भारतविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

कालापानीलगायतका नेपाली भूमिसमावेश गरिएको भारतीय नक्सा सार्वजनिक भएपछि नेविसंघले त्यसको विरोधमा भारतीय दुतावास अगाडि विरोध प्रर्दशन गरेको हो । विरोध प्रर्दशनमा तत्काल भारतीय नक्साबाट नेपाली भूमि हटाउन पनि माग गरिएका प्ले कार्डहरु पनि प्रर्दशन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक

भारतले नेपालीभूमि समेटेर नक्शा सार्वजनिक गरेपछि उत्पन्न राजनीतिक तरङ्गकाबीच विद्यार्थीले अतिक्रमित नेपाली भूमिसहितको

कोहलपुर प्रकरणमा बोल्यो काँग्रेस

आइतबार बाँकेको कोहलपुरमा भएको घटनाप्रति काँग्रेसले आफ्नो गम्भीर ध्यानाकर्ष भएको जनाएको छ ।

घटना विशेषलाई लिएर सरुवा तथा बढुवा सम्बन्धी विधेयक ल्याउन हुँदैनः मन्त्री त्रिपाठी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले घटना विशेषलाई लिएर

नेकपाको सचिवालय बैठक : के भयो निर्णय ?

काठमाडौं । नेकपाको आज बसेको सचिवालय बैठकले मंसिर २९ र ३० गते काठमाडौंमा