बैतडीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

काठमडौँ । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलाको नेपाली भूभाग लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको भन्दै बैतडीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको छ ।

कलाकार भानुभक्त जोशीको नेतृत्वमा पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले हाटमा रहेको राताशिला चिहानघाटमा मोतीको पुत्ला जलाइएको बताइएको छ ।

‘भारतीय विस्तारवाद मूर्दावाद, नरेन्द्र मोदी मूर्दावाद’को नारा लगाउँदै उनीहरूले पुत्ला जलाएका छन्। भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको छ। भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने माग रहेको छ।

भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरूले नेपालको भूभाग भारतीय नक्साबाट हटाउनसमेत माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?