चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

काठमाडौं चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आईपुग्नुभएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गर्नुभयो । वाङ पाकिस्तानबाट विशेष विमानमा भारतीय आकाश हुँदै काठमाडौं आईपुग्नुभएको हो । वाङ विमानस्थलबाट होटल द्वारिका जानुभएको छ । नेपालको तीन दिने औंपचारिक भ्रमण आउनुभएका विदेशमन्त्री यी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शिर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्नु हुनेछ ।

भेटमा दुई मुलुकका परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल हुने पनि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताउनुभएको छ ।

यो समाचार पढ्नुभयो ? सम्बन्धित समाचारको लागि यहाँ क्लिक गर्नुहोस् ।

भारत भ्रमण रद्द गरेर किन अचानक चिनियाँ विदेशमन्त्री नेपा‌ल आउँदैछन्
– 
चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमण, को–कोसँग हुँदैछ भेटवार्ता
चिनियाँ विदेशमन्त्री नेपाल आउने सरकारको औपचारिक घोषणा
चिनियाँ विदेशमन्त्री पाकिस्तान हुँदै नेपाल आउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?