भारत भ्रमण रद्द गरेर किन अचानक चिनियाँ विदेशमन्त्री नेपा‌ल आउँदैछन् ?

काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका लागि भदौ २२ गते काठमाडौं आउनहुने भएको छ । मन्त्री यी पूवनिर्धारित नयाँ दिल्ली भ्रमण रद्द गर्दै नेपाल आउन लाग्नुभएको हो । यसअघि, दुईदिने भ्रमणका लागि २३ गते मन्त्री यी नयाँ दिल्ली जाने तालिका तय गरिएको थियो ।

अफगानिस्तानमा जारी शान्ति वार्ताबारे शनिबार पाकिस्तानमा पुगेर कुराकानी गरेर विदेश मन्त्री यी सिधै आइतबार नेपाल आउनुहुने जनाइएको छ । तर, उहाँको भ्रमण मितिबारे भने परराष्ट्र मन्त्रायलका अधिकारीहरुले औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

केपी ओली नेतृत्वमा सरकार बनेयता नेपाल भ्रमणमा आउने मन्त्री यी सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुनुहुनेछ । दुई दिने नेपाल भ्रमणका क्रममा चिनियाँ विदेश मन्त्री यीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपमा ज्ञवाली लगायतसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

उहाँको नेपाल भ्रमणलाई दशकौंदेखि चिनियाँ राष्ट्र प्रमुखबाट हुन नसकेको भ्रमणको अवस्थालाई तोडी चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका बुझिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिङ पिङ अक्टुबर १५ मा नेपाल आउने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?