क्यानडाका राजदूतमा पौड्यालको नाम सर्वसम्मत अनुमोदन

लोकपथ
208
Shares

काठमाडौं । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मतले अनुमोदन भएको छ ।

आज बसेको संसदीय सुुनुवाई विशेष समितिले प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो ।

वहालवाला परराष्ट्रसचिव समेत रहेका पौड्याललाई सरकारले क्यानडाका लागि राजदूतमा प्रस्ताव गरेको थियो । उनलाई राष्ट्रपतिले नियुक्त गरेपछि मात्रै औपचारिक रुपमा कार्यभार सम्हाल्नेछन् ।

पौड्यालले क्यूबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैर आवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रुपमा काम गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?