चिनियाँ विदेशमन्त्री वाङको भोलीबाट नेपाल भ्रमण, को–कोसँग हुँदैछ भेटवार्ता ?


प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार १८:०४

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी आईतबार (भोली) नेपाल भ्रमणमा आउनु हुने भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चिनियाँ समकक्षी वाङ आफ्नो नियन्त्रणमा भोलीबाट नेपालको तीन दिने औंपचारिक भ्रमण आउनु लाग्नु भएको जानकारी गराउनु भएको हो । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शिर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्नु हुनेछ । भेटमा दुई मुलुकका परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल हुने पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताउनु भयो ।

उहाँले चीनको विकासबाट नेपालले बढिभन्दा बढि लाभ लिने गरी चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल केन्द्रित गर्ने नेपाल सरकारको योजना पनि बताउनु भयो । छलफलमा विगतमा गरिएका रेल सेवा संचालन, पारवहन सम्झौताको कार्यान्वयनका विषयलाई पनि जोड दिन लागिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमण गरेको दुइ हप्ता नबित्दै चीनका विदेशमन्त्री वाङले पनि नेपालको औंपचारिक भ्रमण गन लाग्नु भएको हो । चिनियाँ विदेशमन्त्री वाङको सो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको तयारीको रुपमा पनि हेरिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले पनि चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने तय भएपनि समय भने निश्चित नभएको स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस
लोकसेवा पास गरेर मात्र कर्मचारी सेवा प्रवाहमा पूर्ण दक्ष हुँदैन : मन्त्री पण्डित

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार

सभामुख महरा कजाकस्तान प्रस्थान

काठमाडौं । सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन आज कजाकस्तान

प्रतिगामी तत्वहरुले टाउको उठाए नछाड्ने युवा–विद्यार्थी नेताहरुको चेतावनी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा–विद्यार्थी नेताहरूले प्रतिगामी तत्वहरुले टाउको उठाए

संविधान जलाएको आरोपमा पक्राउ

बाँके । संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले