चिनियाँ विदेशमन्त्री नेपाल आउने सरकारको औपचारिक घोषणा

appharu
0
Shares

काठमाडौं । सरकारले चिनियाँ विदेशमन्त्री नेपाल आउने औपचारिक घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै चीनका विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आगामी आइतबार नेपाल आउनुहुने जनाएको हो ।
यद्यपि, विदेशमन्त्री वाङ नेपाल आउनेसम्बन्धी अनौपचारिक सूचना भने यसअघि नै सार्वजनिक भएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल आउन लाग्नुभएको हो ।
भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नहुनेछ । भ्रमणको दोस्रो दिन सोमबार उहाँले नेपाली समकक्षीको नेतृत्वमा रहेको टोलीसँग औपचारिक वार्ता गर्नुहुनेछ ।
मन्त्री ज्ञवालीले विदेशमन्त्री वाङको सम्मानमा रात्रिभोजको आयोजना गरेको समेत परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?