चिनियाँ विदेशमन्त्री पाकिस्तान हुँदै नेपाल आउने

काठमाडौं । चीनका विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी पाकिस्तान हुँदै नेपाल भ्रमणमा आउनुहुने भएको छ । आज पाकिस्तान भ्रमणमा जानुभएका यी तीन दिने भ्रमणका लागि भोलि नेपाल आउन लाग्नुभएको हो । उहाँले पाकिस्तान रहँदा अफगानिस्तान र पाकिस्तानका विदेशमन्त्रीहरूसँग छलफल गर्नुहुनेछ ।

पाकिस्तानको भ्रमण सकेर उहाँ भोली अपराह्न नेपाल पुग्ने जनाइएको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै चिनियाँ विदेशमन्त्री यीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो । नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी यीबीच पर्सि द्विपक्षीय औपचारिक वार्ता हुनेछ ।

छलफलमा नेपाल र चीनबीच भएका सहमति र सम्झौता कार्यान्वयनका उपायबारे पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?