आज दर खाने दिन : के खाने, के नखाने ? यसरी बनाउनुस् मिठो र स्वस्थकर दर (टिप्ससहित)

काठमाडौं । हिन्दू नारीहरुको महत्वपूर्ण चाड हरितालिका तिजको पहिलो दिन आज दर खाएर मनाइदैं छ । भोलि व्रत भएकोले दिउँसो भरी नाचगान गर्दै नारीहरुले पीडा पोख्दा चर्को घाममा उनीहरुलाई समस्या नहोस् भनेर दर खाने प्रचलन रहेको छ । हरितालिका तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजाआजा, नाचगान तथा दिदीबहिनी भेटघाट गर्ने चलन छ । हुनत अहिले चलन फेरियो । केहि हप्ता अघिदेखिनै काठमाडौ लगायतका सहरमा यो रमझम छ । दर खाने र खुवाउने कार्यक्रम भइरहेका छन् । सहरबजारमा हुने यस्ता दर कार्यक्रममा भेज तथा ननभेज दुवैथरी भोजन समावेश हुन्छन्।

दरका नाममा मादक पदार्थको प्रयोग पनि भएका समाचारहरु बाहिरिएका छन् । यी कुराहरुलाई यहिँ छोडौँ । दर धेरै खाँदा पनि स्वास्थ्यमा समस्या हुन्छ । कस्तो किसिमको दर खाने भन्ने कुराले स्वास्थ्यमा प्रभाव पारेको हुन्छ । शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा झाडापखाला, पेट ढुस्स हुने, फूल्ने, ढ्याउ आउने, ग्याँस भरिने जस्ता समस्याहरु देखा पर्दछ । त्यसैले ठिक्क आफ्नो शरीरको पाचन क्षमता हेरेर खानुहोला ।

दरमा के खाने ले नखाने ?

-वर्खायाम भएको कारणले पनि बजारका खानेकुरा तथा सागसब्जीमा फोहोर हुनसक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्रै खाने ।
-सकेसम्म बजारबाट भन्दा घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ ।
-दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । तर मरमसला हालेर पकाइएको यस्ता चिज नखानू जाति हुन्छ ।
-तेलमा तारेको खानेकुरा नखान सुझाव छ ।
-नुन धेरै सेवन गर्दा पानी तिर्खा लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन्छ ।
-व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ ।
-दरको नाममा मादक पदार्थ सेवन गर्नु हुँदैन ।
-पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ ।
-फलफूल तथा अन्नबाट बनेका परिकार समावेश गर्दा राम्रो हुन्छ ।
-बिरामीले सकेसम्म व्रत नगर्दा राम्रो गरिहालेको खण्डमा निराहार व्रत गर्नु स्वास्थ्यका दृष्किोणले राम्रो हुन्न ।

दर के हो त ? कसरी पकाउने ?
तीजमा पकाइने दर एक विशेष प्रकारको दूधजन्य खाना हो । आफ्नो इच्छा र चाहना अनुसार अन्य समयमा खाए पनि हरितालिका तीजको पहिलो दिन भने ‘दरखाने दिन’ कै नामले प्रख्यात छ ।

यसरी बनाउनुस् मिठो दर

आवश्यक सरसामग्री

(१) चामल (आवश्यकताअनुसार, परिवार सदस्यको आधारमा निर्धारण गर्नुहोस्)
(२) दूध (आवश्यकताअनुसार, चामलको मात्रा हेरेर, लगभग आधा केजी चामलबराबर ३ लि.)
(३) घ्यू (तयार गरिएको चामल भुट्न पुग्नेगरी)
(४) मरमसला (नरिवल, काजु, बदाम, छोकडा, ल्वाङ, सुकमेल, मरिच, जाइदानो (जाईफल) को धुलो)
(५) चिनी (आवश्यकता र स्वादअनुसार)
(६) कराई (उपलब्ध भएसम्म किटको नत्र अलि बाक्लो पिँध भएको ठूलो कराई)
(७) काक्रोको अचार
(८) आलु र करेला तथा बोडीको तरकारी

पकाउने तरिका

(१) कराई राम्रोसँग तताउनुहोस् ।
(२) तातेको कराईमा घ्यू राख्नुहोस् ।
(३) घ्यू राम्रोसँग ततेपछि चामल राख्नुहोस् ।
(४) सानो आगो पारेर चामललाई राम्ररी खैरो हुने गरी भुट्नुहोस् ।
(५) चामल खैरो भइसकेपछि घ्यूबाट छुट्याएर कुनै भाँडामा खन्याउनुहोस्, चामल डढ्न नदिनुहोस्, कराईलाई आगोबाट निकाल्नुहोस् र सेलाउन दिनुहोस् ।
(६) यो समयमा आवश्यक मरमसला तयार गर्नुहोस् । स्वादअनुसार नरिवल, काजु, बदाम, छोकडालाई कोरेसोमा कोरेर वा मसिनो गरी काटेर तयार गर्ने । ल्वाङ, सुकमेल, मरिच, जाइदानो (जाईफल) लाई भने पिसेर धुलो बनाउने ।
(७) निकालेको चामल सेलाई सकेपछि पुन कराईमा राखेर आगोमा बसाउने ।
(८) अब दूध आवश्यकताअनुसार राख्ने र राम्रोसँग चलाई रहने ।
(९) दूध सुक्न लागेपछि चिनी राख्ने र राम्रोसँग चलाउने । (चिनीलाई दूध सुक्न नपाई कहिलेपनि नहाल्नुहोस् यसो गर्दा चामल डढ्छ)
(१०) अब तयार गरेको मरमसला सबैतिर पुग्नेगरी माथिबाट छर्नुहोस् र राम्रोसँग चलाउनुहोस् ।
(११) दूध राम्रोसँग सुकिसकेपछि कराईलाई आगोबाट निकाल्नुहोस् । केहीबेर सेलाउन दिनुहोस् तर नछोप्नुहोस् ।
(१२) अब दर तयार भयो आवश्यकता र उपलब्धताअनुसार तरकारी र अचार राखेर खानुहोस् । एजेन्सी

यो छुटाउनुभयो की ?

किन दुख्छ कम्मर ? यस्तो छ उपचार विधि
पटक–पटक हाच्छ्युँ आउनुको यस्तो रहेछ कारण
हाँस्ने शैलीबाटै थाहा हुन्छ मान्छेको स्वभाव, तपाइँ कस्तो हाँस्नुहुन्छ 
शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा
यसकारण साउन महिनामा भुलेर पनि मासु र रक्सि नखानुस् !
होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ
प्रेसर लो भएका व्यक्तिहरुले खानुहोस् यी १० खानेकुरा
सेक्सबाटै निको हुन्छन् यी ५ रोग !
यी ११ सपनाले मानिसको मृत्युको संकेत गर्छ 
शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा https://www.lokpath.com/story/177861 
विवाहित महिलाप्रति पुरुष आकर्षित हुनुको कारण यस्तो १
प्रेममा निकै बफादार हुन्छन् यस्ता युवती, तपाई पर्नुहुन्छ ?
तपाईंलाई याद छ रु विवाहपछि युवतीमा देखिन्छ यस्तो परिवर्तन
यस्ता व्यक्तिहरुले पटक्कै पैसा बचाउँन सक्दैनन् https://www.lokpath.com/story/177730 
तपाईलाई फेसबुकमा कसले अनफ्रेन्ड गर्यो थाहा छ रु यसरी थाहा पाउन सकिन्छ
होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ
प्रेसर जाँच गर्दै हुनुहुन्छ रु जाँच्नुअघि ध्यान दिनैपर्ने कुराहरु यस्ता छन्, थाहा पाइराखौं
यी ८ व्यक्तिले भुलेर पनि मेवा खानु हुँदैन, जानी राखौं 
यसकारण बेलुकाको खाना चाँडै खानुहोस्
लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ ? जानी राखौं
यौनसम्पर्कपछि के चाहन्छन् महिलाहरु, जानी राखौं
हस्तमैथुन गर्नुका फाइदाहरु यस्ता छन्, जानी राखौं
यी अंगमा सुन भुलेर पनि लगाउनु हुँदैन, यस्तो छ कारण
यी ५ किसिमका रोगीले भुलेर पनि लसुन नखानुस्

यी ४ राशि भएका मानिससँग संसारकै अद्भुत शक्ति हुन्छ, तपाई नि पर्नुहुन्छ की 
नेपाली महिलाहरु बत्ति बालेर यौनसम्पर्क गर्न नचाहनुको कारण यस्तो
कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ रु जान्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?