शारिरीक सम्बन्धबाट नै निको हुने यी रोग !


प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार ११:४६

मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ ।
नियमित सेक्स गर्दा के के फाइदा हुन्छः

१. टाउको दुख्नेः

नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

२. ब्लड प्रेशरः

उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।

३. प्रोस्टेट क्यान्सरः

नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।

४. मोटोपन

मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।

५. हृदयघातबाट कम खतराः

नियमित सेक्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस
असोज महिना कुन राशिलाई कति शुभ, कति अशुभ ? हेर्नुहोस् टिप्ससहित

काठमाडौं | आज मिति २०७६ साल असोज महिनाको १ गते बुधबार | हेर्नुहोस्

एकानब्बे (९१) महत्वपूर्ण टिप्सहरु !

लोकपथ/  काठमाडौं लोकपथ डटकमले चिकित्सकसँग प्रश्न राखेर, भोटिङ पोलबाट मत संकलन गरेर, विभिन्न

तपाईको सिरानीमुनी के छ ? बास्तुशास्त्र भन्छ, यी कुरा राखेर सुत्दा फलिफाप

काठमाडौं – तपाईको सिरानीमुनी के छ ? धेरैले भन्छन्, २/ ४ पैसा ।

तपाइको आजको दिन कस्तो ? राशिफल हेर्नुहोस्

आज मिति २०७६ साल भदौ महिनाको ३१ गते मंगलबार | मेष ( चु,