यी ८ व्यक्तिले भुलेर पनि मेवा खानु हुँदैन, जानी राखौं

काठमाडौं । मेवा कसलाई मन नपर्ला र ? अझ बोटमै पाकेको मेवा झन् आहा । ‘सेवा गरे, मेवा मिल्छ’ उखान यसै बनाइएको होइन । मेवा सबैलाई मन पर्ने फलफुल भित्र पर्ने भएकोले नै यो उखान बनाएका हुनुपर्छ हाम्रा पुर्खाहरुले । मेवा खानको लागि मात्र स्वादिष्ट छैन । यो स्वास्थ्यको लागि पनि अति फाइदाजनक हुन्छ । अहिले बजारमा मेवा उपलब्ध हुन थालेका छन् । मौसमी फलफूल खोज्नेहरुको लागि यो उपयुक्त रोजाइ बन्नसक्छ ।

मेवा म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन तथा क्यारोटीनयुक्त तथा डायटरी फाइबरले भरिपूर्ण हुन्छ । जसले मानव शरीरलाई अत्यन्तै हित गर्छ ।

तर, मेवाले सबै अवस्थामा फाइदा भने गर्दैन। आयुर्वेदका अनुसार केही विशेष अवस्थामा मेवाको सेवनले शरीरलाई फाइदा गर्नुको सट्टा उल्टै हानी पुर्‍याउन सक्छ । तर त्यो अवस्था कति बेला सिर्जना हुन्छ, मेवा कुनबेला खाने, कुन बेला नखाने यो जान्न जरुरि छ ।

मेवा कुनबेला खाने, कुन बेला नखाने ?

१. गर्भवतीले नखाने

विभिन्न अवस्थामा मेवाको सेवन शरीरका लागि फाइदाजनक भएपनि गर्भावस्थामा भने यसको सेवन शरीरका लागि हानीकारक हुनसक्छ । यसले गर्भावस्थामा गर्भपात गराउन सक्छ । खासगरी, मेवाले गर्भाशयलाई खुम्च्याउने गर्छ । जसले गर्दा गर्भपात हुने खतरा उच्च हुन्छ ।

२. स्तनपान गराउने महिलाले खानबाट बच्ने

गर्भावस्थामा त मेवाको सेवन गर्नै हुँदैन । सुत्केरी महिलाहरुलाई पनि स्तनपान गराउञ्जेल मेवाको सेवन नगर्न नै सल्लाह दिने गर्छन् । किनकी मेवामा पपाइन नामक विषाक्त हुन्छ,जुन ससाना बच्चाका लागि हानीकारक मानिन्छ । यसबाहेक, बच्चा जबसम्म एक वर्षको हुँदैन, उनीहरुलाई मेजवा नखुवाउन नै सल्लाह दिने गरिन्छ ।

३. एलर्जीको सम्भावना

केरोटेनेमिया नामक रोगबाट प्रभावित व्यक्तिले मेवा कहिल्यै खानु हुँदैन । किनकी मेवामा लेटेक्स नामक पदार्थ हुन्छ, जसले केरोटेनेमियाबाट प्रभावित व्यक्तिमा छालाको एलर्जीको समस्या निम्त्याउन सक्छ ।

४. उच्च रक्तचापको औषधी खाने व्यक्तिले

मेवाले शुगरको स्तर कम गर्छ । त्यसैले, न्युन रक्तचाप भएका व्यक्तिले झुक्किएर पनि मेवा खानु हुँदैन । जबकी उच्च रक्तचापलाई नियन्त्रण गर्न औषधीको सेवन गर्ने व्यक्तिले भने चिकित्सकको सल्लाहमा मेवा अवश्यक खान सक्छन् ।

५. मिर्गौलाको पथ्थरी

विभिन्न अध्ययनहरुले जनाए अनुसार अत्याधिक मात्रामा भिटामिन ‘सी’को सेवनले मिर्गौलामा पथ्थरी हुनसक्छ । र, मेवामा भिटामिन ‘सी’अत्याधिक मात्रामा हुने भएकोले यसको सेवनले मिर्गौलामा पथ्थरी हुनसक्छ ।

६. पेट खराब भएमा

पेट खराब भएमा पनि मेवाबाट टाढा रहनु पर्छ । त्यस्तै, पखाला लागेमा पनि मेवाबाट टाढा रहनु पर्छ ।किनकी यसले समस्या कम हुनुको सट्टा झनै बढ्न सक्छ ।

७. मुटु सम्बन्धि समस्या

मुटु सम्बन्धि समस्या भएका व्यक्तिले पनि मेवाबाट टाढा रहनु पर्छ । विशेषगरी, रगत पातलो हुने व्यक्तिले मेवाबाट कुनै पनि हालतमा टाढा रहनै पर्छ ।

८. घाँटीको समस्या

घाँटीको समस्या हुने व्यक्तिले मेवा खानु हुँदैन । यसले घाँटीलाई प्रभावित पार्न सक्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?