होसीयार ! खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ

appharu
52
Shares

संसारका आधाजसो मानिसहरु खान नपाएर भन्दा खान नजानेर विभिन्न खाले स्वास्थ्यसँग सम्बन्धित समस्या झेल्दै आएका छन् । चिकित्सक भन्छन्, आवश्यकताभन्दा बढी खाएको खानेकुराले शरिरलाई सञ्चो त गर्दैन नै त्यो खानेकुरा शरीरको लागि विषसरह बन्छ । कुन खानेकुरा कुन समय, कति, कसरी र कस्तो अवस्थामा खाने भन्नेमा ध्यान दिनसके मानिसको स्वास्थ्य धेरै राम्रो हुन्छ। मानिस निरोगी बन्छ। सचेत रहनुस् । के हुन् त ति खानेकुरा ? लोकपथ डटकमले केहि हेल्थ टिप्स तयार पारेको छ ।

औषधि :
आली पेटमा औषधी खाँदा उत्तिकै होसीयार हुनुपर्छ । औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्त्वहरुसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया दिँदा ठूलै समस्या निम्तन्छ । केहि औषधी छोडेर प्राय औषधी डाक्टरले पनि खाना खाएपछि खानको लागि भन्नुको कारण पनि यहि नै हो । यसमा पनि होसीयारी अपनाउनुहोला । नत्र रोग विसेक पार्न खाएको औषधीले अरु रोग ननिम्त्याउला भन्न सकिन्न ।

दूध चिया :
प्राय नेपालीहरु भन्ने गर्छन्, कि बिहान उठेपछि दुध चिया नखाए फ्रेस नै हुन्न । बिहान उठेर चिया नपिए जाँगर त चल्दैन । तर, एकबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने अब स्वास्थयबारे सोच्ने बेला भयो । दुध चियाले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या असाध्यै बढाउँछ । अब विकल्प के त भननुहोला मनताते पानी, वा अघिल्लो दिन तामाको भाडा वा विजय सालको काठको ठेकीमा राखिएको पानी स्वास्थयका लागि निकै श्रेयकर हुन्छ । चिया नै नपिई हुँदैन भनेब्ल्याक टि वा ग्रीन टी पिउनु राम्रो हुने चिकित्सकको सुझाव छ ।

मसालेदार खाना :
तपाई ब्रेकफास्टमा के लिनुहुन्छ रु बिहानै खालीपेटमा मसलेदार स्पाईसी वा धेरै पिरो खानेकुरा खानुहुन्छ भने स्वास्थमा निकै ठूला समस्या देखिन्छ । यसमा अब सचेत हुनुपर्छ । बिहान तपाईले लिनुभएको यस्तो ब्रेकफास्टले पुरै दिन तपाईको पेटमा एसिडिटी बनाउँछ । चिकित्सक भन्छन्, दिनभरी ड्याउ आउने, अपाच्य भएजस्तो हुने, पेट पोल्ने, ग्यास आउने, अल्सर जस्ता रोग पनि देखिन सक्छ ।

केरा :
खाली पेटमा केरा खानु हुँदैन । केराले छिटो वजन बढाउन मदत गर्ने भएकोले दुब्लो पातलो मानिसहरु बिहानै केरा खाने गर्छन् । तर बिहानै केरा खानु स्वास्थ्यका दृष्टिकोणबाट राम्रो नहुने चिकित्सक बताउँछन् । बिहानै खालीपेटमा सेवन गरेको केराबाट हाम्रो शरीरमा म्याग्निसियमको मात्रा दुई गुणा बढ्छ र शरीरमा रहेको क्याल्सियमसँग रासायनिक प्रतिक्रिया सुरु हुन्छ । परिणामस्वरुप पेट फुल्ने, ढुस्स हुने, ढ्याउ आउने, अपच हुने तथा एसिडीटि बढ्ने जस्ता समस्या देखिने कारणले गर्दा खालिपेटमा केरा नखानुहोला ।

गोलभेंडा :
गोलभेंडा स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । फेसमा कान्ति ल्याउन समेत यसको प्रयोग हुन्छ । तर तपाईलाई थाहा छ ? एकबिहानै खाली पेटमा गोलभेंडा खाँदा यसमा हुने अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । परिणामस्वरुप पेट दुख्ने, ग्यास्टिक हुने, पेट पोल्ने, बान्ता हुने, पत्थरीको संभावना बढ्ने हुन्छ ।

सोडा :
खाली पेटमा सोडा खाँदा पनि उत्तिकै जटिल समस्या देखिन्छ । सोडा खाँदा पेटको अम्लसँग मिलेर राशायनिक प्रतिक्रिया सुरु हुन्छ र पेट दुख्ने समस्या बढ्छ । पेट फूल्ने, पेट पोल्ने, दिसा लागेजस्तो हुने, अपच हुने, छाति पोल्ने हुनसक्छ ।

सखरखण्ड :
सखरखण्डमा प्रशस्त प्रोटिन पाईन्छ । तर खाली पेटमा यसको सेवन राम्रो नहुने चिकीत्सकको भनाई छ । कारण के छ भने यसमा अधिक मात्रामा हुने प्रोटिनले ग्यास्ट्रिकको समस्या बढ्छ । परिणामस्वरुप पेट पोल्ने, पेट दुख्ने, जलन र पेट फुल्ने समस्या हुन्छ । त्यसैले सखरखण्ड बिहानै खाली पेटमा नखानु राम्रो हुन्छ ।

अल्कोहल :
खाली पेटमा अल्कोहल खानु पनि विष सरह हुन्छ । यो कुरा विभिन्न अनुसन्धानले पनि देखाएका छन् । अझै घरेलु मदिराको सेवनले मानिसको मृत्यु समेत हुनसक्छ । त्यसैले चिकित्सक भन्छन्, बिहान केही नखाइकन अल्कोहलजन्य पदार्थ नखानूस् ।

कोल्ड ड्रिङ्स :
खाली पेटमा कहिले पनि चिसो पेय पदार्थ पिउनु हुँदैन । जस्तै कोल्ड कफी वा कोल्ड ड्रिन्क्स वा सफ्ट ड्रिन्क्स । खाली पेट चिसो पेय पिउनाले पाचन क्रियालाई सुस्त बनाउँछ । यस्ता पदार्थमा हुने कार्बोनेट एसिड र पेटको एसिडसँग मिसिँदा गम्भीर समस्या निमित्न सक्छ । पेटमा ग्यास भरिने, वाकवाकि हुने, वान्ता हुने, असहज हुने, बारम्बार पाद आउने जस्ता समस्या हुन्छ ।

अमिलो फल :
खाली पेटमा अमिलो फल खानु पनि हानिकारक हुन्छ । जस्तै सुन्तला, कागती, अम्बा, अचार, लप्सी आदि फल खाली पेट खानु हुँदैन । अंगुर, आँप तथा अमिलोयुक्त फलफूलले पेटमा एसिड बन्छ ।

यी सामाग्री छुटाउनुभएको थियो कि ?

यी ८ व्यक्तिले भुलेर पनि मेवा खानु हुँदैन, जानी राखौं
सावधान ! यी व्यक्तिले भुलेर पनि दहि नखानुहोस्
यसकारण बेलुकाको खाना चाँडै खानुहोस्
लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ रु जानी राखौं

हामीमध्ये कतिपय खुसी र सुखी जीवनको लागि मरिहत्ते गर्छौ । यति जोगाउन पाए भोलीका दिनमा सुख होला कि भन्छौ । तर आफ्नै स्वास्थ्यमा गम्भिर भएनौ भने हामीले कलपना गरेको आफ्नो जीवन तयतिकै खेर जान्छ । रोग लिएर बाँच्न विघ्नै गारो हुन्छ । हामी आफूले चढ्ने सवारी त बेलाबेलामा अर्थात् किलोमिटर हेरेर सर्भिसिङ गर्छौ भने अमूलय मानव जीवनको महत्व किन नबुझ्ने त्यसैले समयसमयमा स्वास्थ्य परिक्षण पनि गरौँ । योगा गरौँ । एकाग्र हुने कोशिस गरौँ । खुसी होऔँ । परिवारलाई समय दिऔँ । अरुको बारेमा तर्कवितर्क गर्नुभन्दा आफ्नै बारेमा सोचौँ । यी टिप्स एकपटक मनन गर्ने कि ?

यस्तै जानकाकरीमूलक, सूचनामुलक, समाचारमूलक र मनोरञ्जनात्मक सामाग्रीको लागि WWW.LOKPATH.COM LIKE र नजिकै रहेको बेल आईकन क्लिक गर्नुहोस् अनि हाम्रो युट्युब चयानल LOKPATH TV लाई लाईक कमेन्ट सेयर र सब्स्क्राईब पनि गर्नुहोस् । तपाईको आजको दिन शुभ बितोस् । WWW.LOKPATH.COM लगईन गरिरहनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?