तपाईंलाई याद छ ? विवाहपछि युवतीमा देखिन्छ यस्तो परिवर्तन

काठमाडौं । विवाहपछि युवतीहरु आफ्नो जन्म घर छाडेर पतिका घरमा जान्छन् । उनिले विवाहसँग घर मात्रै परिवर्तन गरेका हुँदैनन् सम्बन्ध पनि परिवर्तन भएका हुन्छन् ।

छोरीबाट बुहारी बनेका हुन्छन् । नयाँ परिवेशमा नयाँ चुनौतीको सामना गर्न परिरहेको हुन्छ । तर तपाईलाई थाहा छ छोरी या युवतीबाट बुहारी बनेपछि महिलामा के परिवर्तन आउँछ । विवाहपछि महिलाहरुमा हरेक कुरामा परिवतर्न आउँछ । उनीहरुको सोचाइ, बोल्ने, शैली, खानपान रहनसहनदेखि हरेक कुराहरु बदलिंदै जान्छ ।

यी हुन् विवाहपछि युवतीमा आउने परिवर्तन:-

१. शरीरमा लापरवाही

विवाह भन्दा पहिला युवतीहरुले आफ्नो फिगरलाई विशेष ध्यान दिने गरका हुन्छन् । राम्रो फिगरका लागि खानपानमा पनि विशेष ध्यान दिएका हुन्छन् । तर विवाह पछि उनीहरुको ध्यान अन्तै केन्द्रित हुन जान्छ । उनीहरु विवाह भन्दा पहिला शरीरलाई स्फूर्त राख्नका लागि निकै मिहेनत गर्छन् तर विवाह पछि कसलाई देखाउनु छ र ? भन्दै वेवास्ता गर्छन् ।

२. कामको चाप

विवाह भन्दा पहिला घरमा सबै काम गर्ने युवती विवाह गरेपछि केही अल्छि हुन्छन् । उनीहरुको लागि विवाह गरेर गएको घरमा काम गर्ने मानिसको सहायता चाहिनेसमेत हुन जान्छ ।

३. हिसाब किताब

विवाह भन्दा पहिला घरायसी खर्चमा कुनै वास्ता नराख्ने युवती विवाह गरेर गएपछि भने आर्थिक कारोबारमा सक्रिय बन्न खोज्छन् । विवाह भन्दा पहिला बैंकमा खाता नहुने र खोल्ने आवश्यकता नठान्नेहरुले समेत विवाहपछि बैंकमा खाता खोल्छन् भने घरायसी हिसाबकितामा पनि सक्रियता जनाउँछन् । कसले कति खर्च गरो वा किन गरो, पतिलाई खर्च विवरण माग्ने लगायतका काम गर्छन् ।

४. आमालाई फोन

विवाह भन्दा पहिला कतै गएको बेलामा आमाले फोन गरेमा झर्कने छोरीले विवाह गरेपछि आमालाई आफैं फोन गर्छन् भने आमाको फोनको प्रतिक्षा गर्छन् । विवाहपछि आमालाई धेरै महत्व दिने र विवाह गरेर गएको घरको आमा(सासू) र परिवारलाई कम महत्व दिने भएका कारण पनि कयौं घरहरुमा विवाद हुने गरेको छ ।

५. नन्द जेठानीसँगको प्रतिस्पर्धा

विवाह भन्दा पहिला बहिनी वा भाउजु वा अरुले के लगाए वा के किने भन्ने कुरामा युवतीको खासै चासो रहँदैन । आफूलाई मन परेको र मर्जी अनुसारका कपडा र अन्य गरगहनामा चासो राखेका हुन्छन् तर विवाह गरेर गएपछि नन्द वा जेठानीसँग प्रतिस्पर्धा शुरु हुन्छ । कपडा, स्टाटस फेसन लगायत हरेकमा नन्द जेठानीसँगको प्रतिस्पर्धा शुरु हुन्छ । नन्दले वा जेठानीले यसो गरिसकी भन्दै उनीहरुको मन शान्त रहन सक्दैन ।

६. सुखी पत्नी र दुखी पति

विवाहभन्दा पहिला पुरुषको मन पर्ने बानी पनि विवाहपछि युवतीलाई मन पर्न छोड्छ । विवाह गरेर गएपछि युवतीका लागि आफ्नो भाइ संसारकै सबैभन्दा दुखी पति लाग्छ भने बहिनी, जेठानी र नन्द जस्ता महिला सबै भन्दा सुखी लाग्छ ।

७. पहिला जस्तो छैन

हरेक युवतीले विवाहपछि गुनासो गर्छन् । विशेषगरि पतिसमक्ष उनीहरुको गुनासो हुन्छ । तपाई पहिलाको जस्तो हुनुहुन्न । फेरिनुभयो जस्तो शव्द उनीहरुको नियमित बन्न जान्छ । विवाह पछि पनि व्यक्ति वा पुरुष पहिलाको जस्तै कसरी रहन सक्छ र ? भन्ने चाहिँ उनीहरुले सोच्दैनन् । त्यस्तै पुरुषले पनि युवतीमाथि सोच्ने गर्छ । महिला र पुरुष दुवै स्वतन्त्र भएको बेलाको जस्तो हुँदैनन् । पारिवारिक झमेला, सम्बन्ध र जिम्मेवारीले गर्दा सबै परिवर्तन हुन्छन् भन्ने दुबै पति र पत्नीले बुझ्ने हो भने समस्या नै पर्दैन । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?