यस्ता व्यक्तिहरुले पटक्कै पैसा बचाउँन सक्दैनन्

काठमाडौं । कतिपय मानिसहरु अत्यधिक खर्चालु हुन्छन् । उनीहरु पैसा बचत गर्नै सक्दैनन् । समुन्द्र शास्त्रका अनुसार पैसा कमाएर पनि बचाउँन नसक्नुमा विभिन्न कारण हुन्छन् ।

जसमध्ये कोठी पनि एक कारण हो । कोठीले हाम्रो जीवनमा धेरै अर्थ राख्छ । मानिसको हातमा भएको कोठीका कारण उसको हातमा कति पैसा रहन्छ र टिक्दैन भन्ने जान्न सकिन्छ । शरीरमा रहेको कोठीले पनि निकै महत्वपूर्ण अर्थ राख्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।
यी भागमा कोठी भएका व्यक्तिहरुको हातमा पैसा पटक्कै रहन्न:-

-बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । यस्ता व्यक्तिको हातमा पैसा परे पनि खर्च भैहाल्छ । बचत गर्न सक्दैनन् । बायाँ हत्केलामा कोठी हुनेहरु पनि खर्चालु हुन्छन् । यिनीहरुबाट पैसा बचत हुनु सम्भव छैन ।

-तल्लो ओंठमा कोठी छ भने धनको कमी हुन्छ । तर उपल्लो ओंठमा कोठी भएका व्यक्ति भने कामुक हुने समन्द्र शास्त्रमा उल्लेख छ ।

-बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो । यस्ता व्यक्तिले पैसा बचाउँन नसक्ने शास्त्रमा उल्लेख छ ।

-चोरी औंलामा कोठी छ भने यस्ता व्यक्तिले जीवनमा धन अभाव भोग्छन् ।हत्केलामा वृहस्पति पर्वतमा कोठी छ भने यस्ता व्यक्तिले पनि धन बचाउन सक्दैनन् ।
यिनीहरुलाई पैसा हात लागेपनि बचत हुँदैन ।

-बायाँ आँखि भौंमा कोठी भएका व्यक्ति पनि खर्चालु हुन्छन् । उनीहरुले विलासितामा पैसा खर्च गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ । बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । यस्ता व्यक्तिको पैसा उपचारमा बढी खर्च हुन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?