लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ ? जानी राखौं

काठमाडौं । गर्मि महिना विशेषत वर्खाको समयमा लामखुट्टेले अत्याधिक सताउने गर्छ । यो समयमा लामखुट्टेहरु बढी सक्रिय हुन्छन्, त्यसैले यो समय
धेरै नै सताउने गर्छ । लामखुट्टेको टोकाइबाट बच्न हामीले अनेकौं उपाय अनि लगाइरहेका हुन्छौं । तर एक अध्ययनले यी मानिसहरुलाई लामखुट्टेले बढी तोक्ने निश्कर्ण निकालेको छ ।

१. तपाईंको रक्त समूह ओ हुनपर्छः एक अध्यननका अनुसार लामखुट्टेले रक्त समुह अनुसार मानिसहरुलाई टोक्ने गरेको पाइन्छ ।

सन् २००४ मा जर्नल अफ मेडिकल इन्टोमोलोजीमा प्रकाशित एक अध्ययन अनुसार ओ ग्रुप समूहका मानिसले अन्य रक्त समूह (ए, बी र एबी) को तुलनामा बढी लामखुट्टे आकर्षित गर्छन्।

सो अध्ययन अनुसार ‘ओ’ पछि लामखुट्टेले क्रमशः रक्त समूह ‘ए’, ‘बी’ र अन्त्यमा ‘एबी’ मन पराउँछ । तसर्थ तपाईलाई लामखुट्टेले टोक्नुमा रगत समूह ‘ओ’ हुनुपर्छ।

२. तपाईं गर्भवती हुनुपर्छः बयस्क र बालबालिकाको तुलनामा गर्भवती महिलाहरु लामखुट्टेको टोकाईको दृष्टिले बढी जोखिममा हुन्छन्। अध्ययन अनुसार गर्भवती महिला अन्यको तुलनामा दुई गुण बढी जोखिममा हुन्छन् ।

३. तपाईमा मस्क्युटो म्यागनेट जिन हुनुपर्छः तपाईको शरिरमा लामखुट्टेलाई आर्कर्षित गर्ने जीन छ भने पनि धेरै लामखुट्टे झुम्मिन्छन्। सन् २०१३ मा प्रकाशित जेनेटिक्स एन्ड इभोलुसनमा मानिसमा हुने ह्युमन ल्युकोसाईट एन्टिजेनले मानिसमा बढी लामखुट्टे आर्कर्षित गर्।

यी जिनले मानिसको शरिरबाट आउने गन्धलाई नियन्त्रण गर्छन् । मानिसले निस्काशन गर्ने रसायनयुक्त गन्धका कारण लामखुट्टे बढी आकर्षित हुन्छ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?