१७ मङ्सिर २०७८, शुक्रवार

हाँस्ने शैलीबाटै थाहा हुन्छ मान्छेको स्वभाव, तपाई कस्तो हाँस्नुहुन्छ ?

२०७६,श्रावण,१९,आईतवार १५:४९

9
Shares

काठमाडौं । हास्नु स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । भनिन्छ जो हाँस्छ उहि बढी बाँच्छ । यो चिकित्सकबाट नै प्रमाणित कुरा हो । हाँसो भनेको एक प्रकारको औषधि नै जसका फाइदै फाइदा छन् । हाँसो स्वास्थ्यको लागि मात्र नभई शत्रुलाई जित्ने बलियो हतियार पनि हो ।

समान्यतया: व्यक्ति अनुसार, हाँसो पनि फरक फरक हुन्छ । कोही हाँस्दा मुसुक्क मुस्कुराउँछन् भने कोही दिल खोलेर हाँस्छन् । समुन्द्र शास्त्र अनुसार, व्यक्तिको हाँस्ने शैलीका आधारमा उसको स्वभाव पत्ता लगाउन सकिन्छ ।

यसरी थाहा हुन्छ हसाईबाट मानिसको स्वभाव :-

१. खित्का छाडेर हाँस्ने व्यक्ति :

जो व्यक्ति दिल खोलेर अर्थात खित्का छाडेर हाँस्छन्, त्यस्ता व्यक्ति निकै उत्साही प्रवृत्तिका हुन्छन् । त्यस्ता व्यक्तिको बौद्धिक क्षमता पनि सामान्य भन्दा बढी हुन्छ । यस्ता व्यक्ति निकै सहनशील पनि हुन्छन् । उनिहरुको मनमा कुनै पनि प्रकारको छलकपट हुँदैन । यतिमात्र होईन यस्ता व्यक्ति परेको बेला जे पनि सहयोग गर्न तयार हुन्छन् ।

. जोड–जोडले आवाज निकालेर हाँस्ने व्यक्ति :

कोही व्यक्ति हाँस्दा जोड सँग आवाज निकाल्छन् । जो त्यसरी हाँस्छ त्यस्ता व्यक्ति निकै स्वाभिमानी तथा मेहनती हुन्छन् । प्राय यस्ता व्यक्ति जीवनमा सफल पनि हुन्छन् ।

३. मन्द मुस्कानसहित हाँस्ने व्यक्ति :-

जुन व्यक्ति मुसुक्क मुस्कुराएर हाँस्छन् उनीहरु निकै बुद्धिमानी र गम्भीर प्रवृत्तिका हुन्छन् । यस्ता व्यक्ति चाँडो रिसाउँदैनन् । यीनिहरु कठिन समयमा धैर्यताका साथ आफ्नो काम सफल गर्छन् ।

४. रोकिएर हाँस्ने व्यक्ति :

केही व्यक्तिको बानी रोकिने र हाँस्ने हुन्छ । समुन्द्रशास्त्र अनुसार, यस्ता व्यक्तिको बौद्धिक क्षमता सामान्य हुन्छ । यस्ता व्यक्ति विवेकको सट्टा भावनाले निर्णय लिन्छन् । तर यसरी हाँस्ने व्यक्तिको बचत गर्ने बानी भने विशेष प्रकारको हुन्छ । एजेन्सी

प्रकाशित मिति: २०७६,श्रावण,१९,आईतवार १५:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुंगका टोड्केमा अझै खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । सरकारले ‘एक घर, एक

ध्यू कुमारी (एलाे भेरा) लाई धेरै नै बहु गुणकारी बिरुवा मानिन्छ । सदियौँ देखि विभिन्न किसिमका रोग व्याधि देखि समस्याहरूलाई

काठमाडौं । कोभिडको महामारी विश्वमा फैलिएको लगभग दुई वर्ष भइसक्यो । यो अवधिमा कोरोनाका विभिन्न भेरिएन्टहरुले विश्व समुदायलाई फरक फरक

पिसाब पोल्ने (युरिन इन्फेक्सन) को समस्या अधिकांश महिलाहरूमा देखिने गर्छ । यो समस्याको मुख्य कारण भनेकै बदलिँदो जीवनशैली र सरसफाइमा

ताजा समाचार

कमल थापाविरुद्ध जाइलागिन् रेखा थापा
 २०७८,मङ्सिर,१७,शुक्रवार २२:०६
सुटिङका लागि यी बलिउड अभिनेता नेपाल भ्रमणमा
 २०७८,मङ्सिर,१७,शुक्रवार २१:५३
राप्रपामा २६६ जनाको उम्मेदवारी दर्ता
 २०७८,मङ्सिर,१७,शुक्रवार २१:४८
स्रोत नखुलेको ९ लाखसहित भारतीय युवक पक्राउ
 २०७८,मङ्सिर,१७,शुक्रवार २१:३०
काठमाडौँको सोह्रखुट्टेमा आगलागी
 २०७८,मङ्सिर,१७,शुक्रवार २१:२३
 रुसमा ३३ हजार सङ्क्रमित थपिए
 २०७८,मङ्सिर,१७,शुक्रवार २०:०५