यसकारण साउन महिनामा भुलेर पनि मासु र रक्सि नखानुस् !

लोकपथ
13
Shares

काठमाडौं । साउन महिना निकै नै धार्मिक मानिन्छ । यो वर्षकै सबभन्दा पवित्र महिना मानिन्छ । साउनमा विशेष नियमहरूको पालना गर्ने परम्परा शताब्दियौंदेखि चलिआएको छ । यस्तै एउटा नियम मासु र रक्सीको सेवन नगर्ने पनि हो । यो नियम सदियौँदेखि चल्दै आएको छ ।

आखिर मान्छेहरु किन साउन महिनामा रक्सि र मासु खादैनन् त ? यसको धार्मिक र वैज्ञानिक कारणका बारेमा हामी यहाँ चर्चा गर्दैछौं ।

धार्मिक कारण
यसै पनि हिन्दू धर्ममा मद्यपान र मांसाहारलाई राम्रो दृष्टिले हेरिन्न । त्यसैपनि साउन जस्तो पवित्र महिनामा त यिनीहरूको सेवन वर्जित नै छ । शिवशक्तिको

जीवहत्या गर्नु यसै पनि पाप हो र पवित्र साउन महिनामा यो पाप बोक्नु अनुचित छ । यो महिना पशुहरूको प्रजननको समय हो र गर्भावस्थामा रहेको पशुको हत्या गरेर निकालिएको मासु खाएर पापको भागिदार हुनु हुँदैन ।

वैज्ञानिक कारण
रक्सी त जुनसुकै बेलामा पनि पिएको नराम्रै हो । स्वास्थ्यलाई नराम्रो असर गर्छ यसले । साउनमा पनि किन रक्सी पिउनु त ?

अनि मासुको कुरा गर्दा साउनमा बादल लागेर हाम्रो शरीरले सूर्यको प्रकाश राम्ररी पाउँदैन । यसले गर्दा हाम्रो पाचनशक्ति कमजोर हुन्छ र मासु जस्तो छिट्टै नपच्ने कुरा लिँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या आइलाग्छन् ।

बर्खाको मौसममा पशुहरूलाई अनेकौं किसिमका संक्रामक रोग लाग्छन् र त्यस्ता रोगी पशुको मासु खाँदा रोग सर्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?