एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता आजदेखि, विजेताले ११ लाख पाउने

लोकपथ
0
Shares

झापा । एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

आज (मङ्सिर ५) देखि शिवसताक्षीस्थित दुधे रंगशालामा प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिता हेर्न एकैपटक सात हजार दर्शक अट्ने गरी रंगशालामा अस्थायी प्याराफिट निर्माण गरिएको आयोजकले जनाएको छ ।

गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूका अनुसार उद्घाटन खेलमा आयोजक झापा–११ फुटबल क्लब र आरएस पोखरा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ । गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ९० हजार र उपविजेताको ५० हजार रुपैयाँले वृद्धि गरिएको अध्यक्ष लिम्बूले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । त्यस्तै, उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

हरेक दिनको उत्कृष्ट खेलाडी अर्थात् प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?