काठमाडौं । एसीसी राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले भारत ‘ए’विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
टस जित्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले भारत ‘ए’लाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
भारत ‘ए’को कप्तानी अभिषेक शर्माले गरिरहेका छन् । भारतका लागि पनि यो प्रतियोगिताको पहिलो खेल हो ।
भारतीय टोलीमा वैभव सूर्यवंशी, तिलक वर्मा र रिंकु सिंहजस्ता चर्चित ब्याटरहरू रहेका छन् । बलियो ब्याटिङ लाइनअप भएको भारत ‘ए’विरुद्ध नेपालले बलिङबाट खेलको सुरुवात गर्नेछ ।
दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया