काठमाडौं । मलेसियाली विद्युतीय एसयूभी प्रोटोन ईमास ७ ले अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड प्राप्त गरेको छ । नोभेम्बर १० मा मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा यसले ‘सेफ्टी असिस्ट’ विधामा अवार्ड जितेको हो ।
कम्पनीका अनुसार गाडीमा रहेका आधुनिक सुरक्षा प्रविधिका कारण यो अवार्ड प्रदान गरिएको हो। सन् २०२६ को मोडलमा इभेसिभ म्यानुभर असिस्ट, फ्रन्ट क्रस ट्राफिक अलर्ट र प्रिमियम भेरियन्टमा एक्टिभ लेन चेन्ज असिस्टजस्ता सुविधा थपिएका छन् । यी प्रविधिले सम्भावित दुर्घटनाको जोखिम कम गर्न र चालकलाई गाडी नियन्त्रण गर्न सहयोग गर्छन् ।
अवार्ड प्राप्त गरेसँगै मलेसियामा ईमास ७ को बिक्री पनि बढेको छ । सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म मलेसियामा यसका ५ हजार ५७९ युनिट बिक्री भएका छन् । अक्टोबर महिनामा मात्रै ६१६ युनिट बिक्री भएको कम्पनीले जनाएको छ ।
नेपालमा यो गाडी शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले बिक्री गर्दै आएको छ । नेपालमा ईमास ७ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। प्राइमको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ र प्रिमियमको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ छ ।
प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री छ । यसले एकपटक फुल चार्ज गर्दा ३४५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। त्यस्तै, प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ। यसले एकपटक चार्ज गर्दा ४१० किलोमिटरसम्म यात्रा गर्न सक्छ ।
दुवै भेरियन्टमा फास्ट चार्जिङ सुविधा छ । यसबाट करिब २० मिनेटमा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
ईमास ७ मा सामान राख्नका लागि ३३ वटा स्टोरेज कम्पार्टमेन्ट छन् । यसमा रहेको भेहिकल टु लोड सुविधाबाट गाडीको ब्याट्री प्रयोग गरेर अन्य विद्युतीय उपकरण पनि चलाउन सकिन्छ । त्यस्तै, इन्टेलिजेन्ट ककपिट चिपले भ्वाइस कन्ट्रोल र मनोरञ्जनका सुविधा सञ्चालन गर्न सहयोग गर्छ ।
जगदम्बा मोटर्स नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक हो । कम्पनीले गाडी बिक्रीसँगै बिक्रीपछिको सेवा र सर्भिस सञ्जाल विस्तारमा पनि काम गर्दै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया