बजाजको ‘गेम अफ पावर’ अभियान मंसिर ४ गतेसम्म मात्रै

लोकपथ
0
Shares

काठमाडौं । बजाज नेपालले सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर–खेल्ने हो र ?’ अभियान मंसिर ४ गतेसम्म मात्रै सञ्चालन हुने भएको छ ।

अभियानको अवधि सकिन केही दिन मात्रै बाँकी रहेकाले कम्पनीले इच्छुक ग्राहकलाई समयमै सहभागी हुन आग्रह गरेको छ ।

यस अभियानअन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार जित्ने अवसर पाउनेछन् । साथै, मनोरञ्जनात्मक खेल गतिविधिमा सहभागी हुनुका साथै चर्चित खेलाडीहरूसँग भेटघाट गर्ने अवसरसमेत प्राप्त गर्न सक्नेछन् ।

अभियोजनअनुसार मंसिर ४ गतेभित्र योग्य बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार पाउनेछन् । त्यस्तै, अनलाइनमार्फत उपलब्ध ‘पल्सर रेसिङ गेम’ खेलेर आफ्नो खेलकौशल प्रदर्शन गर्न सकिनेछ । खेलमा उत्कृष्ट प्रदर्शन गर्नेले आकर्षक उपहार पाउनेछन् भने दैनिक रूपमा स्मार्टवाच जित्ने अवसरसमेत रहेको कम्पनीले जनाएको छ ।

अभियानको अर्को आकर्षण चर्चित खेलाडीहरूसँग भेटघाट गर्ने अवसर रहेको छ । मोटरसाइकल खरिद योजना तथा ‘सो योर पावर’ प्रतियोगितामार्फत छनोट भएका विजेताले रविन्द्र धन्त, क्रिस सेवन होरासहित राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरीसँग भेटघाट गर्न पाउनेछन् ।

‘सो योर पावर’ प्रतियोगितामा सहभागी हुन चाहनेले आफ्नो सिर्जनशीलता र क्षमता झल्किने पल्सरसम्बन्धी भिडियो तयार गरी सामाजिक सञ्जालमा अपलोड गर्नुपर्नेछ । साथै, बजाज नेपालको आधिकारिक पेजलाई ट्याग गरी तोकिएको ह्यासट्याग प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ ।

पुरस्कार, खेल गतिविधि र चर्चित खेलाडीहरूसँगको भेटघाटलाई एउटै अभियानमा समेटिएको कम्पनीको भनाइ छ । मंसिर ४ गते अभियानको अन्तिम दिन भएकाले इच्छुक ग्राहकले सो अवधिभित्र योग्य बजाज मोटरसाइकल खरिद गरी अभियानमा सहभागी हुन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?