चीन जाँदै गरेको रास्वपा टोलीलाई रविले भने- भ्रमणको उद्देश्यमा केन्द्रित हुनुहोस्

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणमा जान लागेको पार्टीको प्रतिनिधिमण्डललाई भ्रमण फलदायी बनाउन निर्देशन दिएका छन् ।

सभापति निवासमा आज भएको छलफलमा लामिछानेले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र निर्धारित आचारसंहिता पालना गर्न टोलीका सदस्यलाई निर्देशन दिएका हुन् ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार सभापति लामिछानेले भ्रमणको आवश्यक तयारी र प्रभावकारी सहभागिताका विषयमा मार्गनिर्देशन दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने कार्यक्रम छ । टोलीको नेतृत्व पार्टी महामन्त्री विपिन आचार्यले गर्नेछन् ।

भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?