सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

लोकपथ
28
Shares

काठमाडौं । सर्वोच्च अदालतका चार न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले नवनियुक्त न्यायाधीशहरूलाई शपथ गराएका हुन् ।

न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) अनुसार उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा आज नियुक्त गरेका थिए ।

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?