ग्राहकका समस्या छिटो समाधान गर्न भायानेटले ल्यायो ‘आजको प्रोब्लम, आजै फिक्स’ सेवा

लोकपथ
28
Shares

काठमाडौं । भायानेट कम्युनिकेसन्स लिमिटेडले ग्राहकलाई इन्टरनेटसम्बन्धी समस्या छिटो समाधान गर्न ‘आजको प्रोब्लम, आजै फिक्स’ सेवा सुरु गरेको छ ।

कम्पनीले यस सेवामार्फत साँझ ५ बजेअघि दर्ता भएका प्राविधिक समस्यालाई सोही दिन समाधान गर्ने लक्ष्य राखेको छ ।

ग्राहकको समस्याको प्रकृतिअनुसार कम्पनीले रिमोट सपोर्टमार्फत सहयोग गर्नेछ। रिमोट सपोर्टबाट समस्या समाधान हुन नसकेमा प्राविधिक टोली ग्राहकको घरमै पुगेर सेवा दिनेछ ।

इन्टरनेटमा समस्या आउँदा ग्राहकले लामो समयसम्म कुर्नुपर्ने अवस्थालाई कम गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस सेवाले ग्राहकलाई छिटो, सहज र भरपर्दो प्राविधिक सहयोग उपलब्ध गराउन मद्दत गर्नेछ ।

इन्टरनेटसम्बन्धी समस्या समाधानका लागि ग्राहकले भायानेटको सपोर्ट नम्बर ०१–५९७०४४४ मा सम्पर्क गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?