हिमालयन क्यापिटलको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

लोकपथ
0
Shares

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ । उक्त लाभांशमा करसमेत समावेश छ ।

सभामा आर्थिक वर्ष २०८२/८३ मा संस्थाले हासिल गरेका उपलब्धिबारे समीक्षा गरिएको थियो । साथै संस्थाको आगामी योजनाबारे पनि छलफल भएको थियो ।

सभाका अध्यक्षले संस्थालाई निरन्तर साथ र सहयोग गर्ने शेयरधनी, ग्राहक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेका थिए ।

हिमालयन बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको हिमालयन क्यापिटलले मर्चेन्ट बैंकिङअन्तर्गत निक्षेप सदस्य, शेयर रजिस्ट्रार, शेयर निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, कोष व्यवस्थापन र संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?