काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै नेपालकै पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ ।
ललितपुरको पुल्चोकस्थित दमकल नजिक स्थापना गरिएको उक्त स्टोरको उद्घाटन नोभेम्बर १ (कात्तिक १५) मा इन्फिनिक्स नेपालका ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरीले गरेका हुन् ।
उद्घाटन समारोहमा इन्फिनिक्सका प्रतिनिधि, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति थियो । स्टोर सञ्चालनमा आएसँगै नेपाली उपभोक्ताले इन्फिनिक्सका स्मार्टफोन तथा नयाँ प्रविधिको प्रत्यक्ष अनुभव लिन पाउने भएका छन् ।
नवनिर्मित ब्रान्ड स्टोरमा इन्फिनिक्सका पछिल्ला स्मार्टफोनहरू उपलब्ध हुनेछन् । ग्राहकले त्यहाँ विभिन्न मोडलका फोन प्रत्यक्ष अवलोकन गर्नुका साथै तिनमा उपलब्ध प्रविधि र विशेषताबारे जानकारी तथा आवश्यक परामर्श लिन सक्नेछन् ।
आकर्षक डिजाइन, आधुनिक प्रविधि र उच्च कार्यक्षमतासहितका स्मार्टफोन एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
नेपालकै पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालनमा ल्याउनुले नेपाली बजारमा आफ्नो पहुँच विस्तार गर्न तथा ग्राहकलाई नयाँ उत्पादन र प्रविधिसँग सहज रूपमा जोड्न सहयोग पुग्ने इन्फिनिक्सको विश्वास छ ।
यससँगै कम्पनीले नवीन प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रयोग अनुभवलाई नेपाली उपभोक्तामाझ पुर्याउने अभियानलाई थप तीव्रता दिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया