तिहारमा दुई दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने

लोकपथ
14
Shares

काठमाडौं । तिहार पर्वका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य दुई दिन प्रभावित हुने भएको छ ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार कात्तिक २४ र २५ गते उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बन्चरेडाँडामा फोहोर व्यवस्थापनको काम बन्द रहनेछ ।

तिहारका अवसरमा बन्चरेडाँडामा कार्यरत कर्मचारीले समेत बिदा लिने भएकाले फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो ।

कात्तिक २६ गतेदेखि भने फोहोर व्यवस्थापनको काम नियमित रूपमा सञ्चालन हुने राईले जानकारी दिइन् ।

उनले फोहोर व्यवस्थापनस्थल बन्द रहने अवधिमा सडक तथा सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न आग्रह गरेकी छन् । साथै, उक्त अवधिमा फोहोरको उचित व्यवस्थापन गर्न पनि उनले अनुरोध गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?