म्याक्स टाइगरको ‘दशैँ धमाका’ : विजेताले पाए मोटरसाइकल र स्कुटर

लोकपथ
21
Shares

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानअन्तर्गत पुरस्कार जित्ने विजेताले मोटरसाइकल र स्कुटर प्राप्त गरेका छन् ।

अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजना गरिएको एक्सट्रिम फ्यानजोन कार्यक्रममा चार जना विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको हो । उनीहरूमध्ये तीन जनाले मोटरसाइकल र एक जनाले स्कुटर प्राप्त गरेका छन् ।

काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा सुमन कर्माचार्य र विनोद ढुंगेलले मोटरसाइकल प्राप्त गरेका छन् । उनीहरूले म्याक्स टाइगर इनर्जी ड्रिङ्कको क्यानको बिर्कोमार्फत पुरस्कार जितेका हुन् ।

त्यस्तै, विराटनगरको पुरानो गुद्रीमा आयोजित कार्यक्रममा धरानका अनोज कुमार अधिकारीले स्कुटर प्राप्त गरेका छन् भने विराटनगरका विनोद पोखरेलले मोटरसाइकल जितेका छन् ।

पुरस्कार प्राप्त गरेपछि विजेताहरूले खुसी व्यक्त गरेका छन् । सामान्य रूपमा इनर्जी ड्रिङ्क खरिद गर्दा मोटरसाइकल र स्कुटर जित्न पाउँदा आफूहरू निकै उत्साहित भएको उनीहरूको भनाइ छ ।

कम्पनीका अनुसार ‘दशैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन् । अभियानमा अझै ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारका रूपमा एउटा प्रोटोन कार जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ ।

म्याक्स टाइगरले इनर्जी ड्रिङ्कको क्यानको बिर्कोमार्फत उपभोक्तालाई पुरस्कार जित्ने अवसर दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?